३ कार्तिक २०८३, मंगलबार | October 21, 2026

विश्वमा पानीजन्य संकट उत्पन्न हुनसक्ने राष्ट्रसंघीय एक एजेन्सीको चेतावनी



विश्वमा खानेपानीका साथै पानीजन्य अरु पनि संकट उत्पन्न हुनसक्ने संयुक्त राष्ट्रसंघीय एक एजेन्सीले जनाएको छ ।

संयुक्त राष्ट्रसंघीय मौसम विज्ञानसम्बन्धी एजेन्सी (डब्लुएमओ) ले सो आशंका गरेको हो । विश्वमा हाल जलवायु परिवर्तनसम्बन्धी समस्या देखिएको र यसका कारणले गर्दा विश्वमा खानेपानीका साथै पानीजन्य समस्या उत्पन्न हुनसक्ने बताएको हो ।

जस्तो कि बाढी, खडेरी तथा खानेपानीको अभावका कारण धेरै मानिस प्रभावित पर्नसक्ने सो एजेन्सीले जनाएको छ । विश्वमा पानीजन्य समस्याका कारण धेरै नागरिक समस्यामा पर्नसक्ने सो संस्थाको चेतावनी छ ।

जलवायु परिवर्तनको प्रभावका कारण यस्ता समस्याहरु उत्पन्न हुनसक्ने अवस्था देखिएको पनि सो संस्थाले जनाएको छ । उक्त संस्थाले अहिले पनि विश्वका मानिसहरु यस्ता समस्याबाट सताइएका तथा खानेपानीको अभावमा परेका देखिएको छ ।

उक्त एजेन्सीले गरेको एक विश्वव्यापी अनुसन्धानबाट सन् २०१८ मा मात्र विश्वका करिब साढे तीन अर्ब मानिसलाई वर्षमा कम्तीमा पनि एक महिना खानेपानीको अभाव भएको पाइएको थियो ।

उक्त एजेन्सीले आगामी सन् २०५० सम्ममा विश्वका करिब पाँच अर्ब मानिसले यस्तो समस्या झेल्नुपर्ने अवस्था रहेको पनि सो संस्थाको अनुसन्धानबाट देखिएको छ ।सो एजेन्सीको अनुसन्धानबाट गएको २० वर्ष यतादेखि पानीजन्य यस्ता समस्याहरु प्रत्येकवर्ष बढ्दै गएको पाइएको देखिएको छ । यस्ता समस्याहरु पनि जलवायु परिवर्तनको प्रभावका कारणले नै देखिएको पनि सो संस्थाले जनाएको छ ।

रासस/सिन्ह्वा

प्रकाशित मिति : २० आश्विन २०७८, बुधबार  १ : ३३ बजे

ललितपुरमा हर्षोउल्लासका साथ मनाइयो पायः (खड्ग) जात्रा

ललितपुर । महानवमीको अवसरमा ललितपुरको पाटनमा परम्परागत ‘पायः जात्रा’ अर्थात्

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बससेवा

काठमाडौँ । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

मुक्तिनाथ मन्दिरमा दशैंको टीका

मुस्ताङ । हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको साँझा धार्मिक तीर्थस्थल मुक्तिनाथ

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौं । आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट