२७ माघ २०८२, मंगलबार | February 10, 2026

विश्वमा पानीजन्य संकट उत्पन्न हुनसक्ने राष्ट्रसंघीय एक एजेन्सीको चेतावनी



विश्वमा खानेपानीका साथै पानीजन्य अरु पनि संकट उत्पन्न हुनसक्ने संयुक्त राष्ट्रसंघीय एक एजेन्सीले जनाएको छ ।

संयुक्त राष्ट्रसंघीय मौसम विज्ञानसम्बन्धी एजेन्सी (डब्लुएमओ) ले सो आशंका गरेको हो । विश्वमा हाल जलवायु परिवर्तनसम्बन्धी समस्या देखिएको र यसका कारणले गर्दा विश्वमा खानेपानीका साथै पानीजन्य समस्या उत्पन्न हुनसक्ने बताएको हो ।

जस्तो कि बाढी, खडेरी तथा खानेपानीको अभावका कारण धेरै मानिस प्रभावित पर्नसक्ने सो एजेन्सीले जनाएको छ । विश्वमा पानीजन्य समस्याका कारण धेरै नागरिक समस्यामा पर्नसक्ने सो संस्थाको चेतावनी छ ।

जलवायु परिवर्तनको प्रभावका कारण यस्ता समस्याहरु उत्पन्न हुनसक्ने अवस्था देखिएको पनि सो संस्थाले जनाएको छ । उक्त संस्थाले अहिले पनि विश्वका मानिसहरु यस्ता समस्याबाट सताइएका तथा खानेपानीको अभावमा परेका देखिएको छ ।

उक्त एजेन्सीले गरेको एक विश्वव्यापी अनुसन्धानबाट सन् २०१८ मा मात्र विश्वका करिब साढे तीन अर्ब मानिसलाई वर्षमा कम्तीमा पनि एक महिना खानेपानीको अभाव भएको पाइएको थियो ।

उक्त एजेन्सीले आगामी सन् २०५० सम्ममा विश्वका करिब पाँच अर्ब मानिसले यस्तो समस्या झेल्नुपर्ने अवस्था रहेको पनि सो संस्थाको अनुसन्धानबाट देखिएको छ ।सो एजेन्सीको अनुसन्धानबाट गएको २० वर्ष यतादेखि पानीजन्य यस्ता समस्याहरु प्रत्येकवर्ष बढ्दै गएको पाइएको देखिएको छ । यस्ता समस्याहरु पनि जलवायु परिवर्तनको प्रभावका कारणले नै देखिएको पनि सो संस्थाले जनाएको छ ।

रासस/सिन्ह्वा

प्रकाशित मिति : २० आश्विन २०७८, बुधबार  १ : ३३ बजे

नेपाली सेनालाई पाकिस्तानमा स्वर्ण पदक

काठमाडौं । नेपाली सेनाले पाकिस्तानमा आयोजित नवौँ पाकिस्तान आर्मी स्पिरिट

मतदाताले गोकर्णलाई भन्छन्, ‘बाआमाको जस्तै छातीभरि हजुरको तस्विर छ’

गुल्मी । नेकपा एमालेका उपाध्यक्ष गोकर्ण बिष्ट विकासप्रेमी नेताको छविका

नवलपुर-२ का मतदाता भन्छन् : चुनावी बाचा अझै अधुरै छन्

नवलपुर । प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै गर्दा नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का

तामाकोशी बस दुर्घटना अपडेट : ज्यान गुमाउनेको संख्या ९ पुग्यो

काठमाडौं । काठमाडौंको कोटेश्वरबाट ओखलढुंगातर्फ जाँदै गरेको यात्रुवाहक बस मंगलबार

जापानमा भारी हिमपात, ४६ जनाको मृत्यु

जापान । जापानमा लगातार तीन हप्ताको भारी हिमपातका कारण ४६