१५ बैशाख २०८१, शनिबार | April 28, 2024

लुम्बिनी प्रदेश सरकारले ल्यायो नयाँ बजेट (पूर्णपाठ सहित) 



बुटवल । शंकर पोखरेल नेतृत्वको सरकारलाई हटाएर बनेको कुल प्रसाद केसी नेतृत्वको लुम्बिनी प्रदेश सरकारले ४० अर्ब ९५ करोड ९७ लाख रुपैयाँको नयाँ बजेट प्रस्तुत गरेको छ । पूर्ववर्ती सरकारले ल्याएको बजेटलाई प्रतिस्थापन गर्दै वर्तमान सरकारले समान अंकको बजेट ल्याएको हो ।
आज बसेको प्रदेशसभाको बैठकमा सरकारका आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले प्रतिस्थापन विधेयकमार्फत् नयाँ बजेट प्रस्तुत गरेका हुन् ।
नयाँ बजेटमा कूल बजेटमध्ये चालु खर्चतर्फ १३ अर्ब ६४ करोड ५७ लाख १० हजार रुपैयाँ र पूजीगत खर्चतर्फ २२ अर्ब ४७ करोड १५ लाख रुपैयाँ रहेको छ । प्रतिशतका आधारमा कुल बजेटको ३३.३१ प्रतिशत चालु खर्चतर्फ र ५४.८७ प्रतिशत पूजीगत खर्चतर्फ बिनियोजन गरिएको छ । त्यसबाहेक ११.८२ प्रतिशत अर्थात् ४ अर्ब ८४ करोड २३ लाख रुपैयाँ स्थानीय तहमा वित्तीय हस्तान्तरणका लागि विनियोजन गरिएको छ ।
मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम खारेज
शंकर पोखरेल नेतृत्वले ल्याएको मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम खारेज गरेर मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम प्रस्ताव गरिएको छ । पूर्ववर्ती सरकारको कार्यक्रम प्रभावकारी नभएकाले खारेज गरिएको मन्त्री खड्काले बताए ।
एमालेको बहिस्कार
आफ्नो नेतृत्वको सरकार सत्ताबाट बाहिरिएसँगै लगातार संसद अवरुद्ध गर्दै आएको प्रतिपक्ष एमालेले आजको बजेट प्रस्तुतिलाई अवरोध नगरेर बहिस्कार मात्र गरेको छ । वर्तमान सरकार गठन भएदेखि नै अवरोध गर्दै आएको एमालेले आज भने संसदको बैठक बहिस्कार मात्र गरेको छ । आज १ बजे बसेको संसदको पहिलो बैठकमा भने एमाले सांसदहरुले नाराबाजी गरेको थिए ।
पार्टीले कारबाही गरेका सांसदद्वय बिमला वली र अजय शाहीलाई सभामुखले पदमुक्त नगर्दासम्म सदन चल्न नदिने अडान एमालेले लिएको छ ।
पूर्णपाठ सहित
[pdf-embedder url=”http://3.0.214.97/wp-content/uploads/2021/10/अर्थसम्बन्धी-विधेयकका-सम्बन्धमा-अर्थमन्त्रीको-मन्तव्य-1.pdf”]

प्रकाशित मिति : २० आश्विन २०७८, बुधबार  ५ : ३१ बजे

पाल्पाको तिनाउ सिमखोलामा ट्रिपरको ठक्करबाट एकजनाको मृत्यु

बुटवल । पाल्पाको तिनाउ गाउँपालिका २ सिसखोलामा ट्रिपरको ठक्करबाट एक

बाग्लुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ घाइते

पोखरा । बागलुङबाट पोखरा आउँदै गरेको बस आज साँझ पोखरा

‘पर्यटन, कृषि, जलविद्युत परियोजनामा लगानी जुटाउन सके मुलुक समृद्ध बन्छ’

काठमाडौं । आइतबारदेखि दुईदिने ‘इमर्जिङ नेपाल इन्भेस्टमेन्ट समिट–२०२४’ नेपालमा सुरु

करीयर प्लानिङ एजुकेशन कन्सलटेन्सीले लियो गरिब तथा जेहेन्दार विद्यार्थीको अभिभावकत्व

बुटवल । बुटवलमा संचालनमा रहेको करीयर प्लानिङ एजुकेशन कन्सलटेन्सी प्रालीले

इलाम-२ को राति ११ बजेपछि र बझाङको भोलि बिहान १० बजेपछि मतगणना हुने

काठमाडौं । इलाम-२ को मतपेटिका राति ११ बजेसम्म मतगणना स्थलसम्म