३ कार्तिक २०८३, मंगलबार | October 21, 2026

माओवादीले टुङ्ग्यायो मन्त्रीहरूको नाम, देवेन्द्र पौडेल पहिलोपटक मन्त्री बन्दै



काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारमा पठाउने मन्त्रीहरूको नाम टुंग्याएको छ ।

माओवादी केन्द्रको आज बसेको स्थायी समिति बैठकले देवेन्द्र पौडेल, शशी श्रेष्ठ र महेश्वर गहतराजलाई सरकारमा पठाउने निर्णय गरेको हो ।

पौडेल बागलुङ क्षेत्र नं. १ बाट निर्वाचित सांसद हुन् । माओवादी स्थायी समितिका नेताहरूमध्ये पौडेलमात्र मन्त्री बन्न बाँकी थिए । यस्तै श्रेष्ठ राज्य व्यवस्था समितिको सभापति हुन् भने गहतराज बाँकेका नेता हुन् ।

यस्तै शहीद रामवृक्ष यादवकी छोरी बोधमाया यादवलाई राज्यमन्त्री बनाउने निर्णय भएको छ ।

माओवादीबाट यसअघि जनार्दन शर्मा र पम्फा भुसाल मन्त्री बनिसकेका छन् ।

गठबन्धनका शीर्ष नेताहरूबीच भएको मन्त्रालयको संख्या बाँडफाँटमा माओवादीले पाँच मन्त्री र एक राज्य मन्त्री पाउने सहमति भएको थियो ।

प्रकाशित मिति : २० आश्विन २०७८, बुधबार  ६ : ५६ बजे

ललितपुरमा हर्षोउल्लासका साथ मनाइयो पायः (खड्ग) जात्रा

ललितपुर । महानवमीको अवसरमा ललितपुरको पाटनमा परम्परागत ‘पायः जात्रा’ अर्थात्

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बससेवा

काठमाडौँ । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

मुक्तिनाथ मन्दिरमा दशैंको टीका

मुस्ताङ । हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको साँझा धार्मिक तीर्थस्थल मुक्तिनाथ

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौं । आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट