७ पुस २०८२, सोमबार | December 22, 2025

कर्णाली साहित्य समाज साधना सम्मानबाट शताब्दी पुरुष सत्यमोहन जोशी सम्मानित



काठमाडौं । कर्णाली साहित्य समाज, सुर्खेतले २०७६ सालको कर्णाली साहित्य समाज साधना सम्मान २०७८ मा शताब्दी पुरुष सत्यमोहन जोशीलाई प्रदान गरेको छ । समाजका संरक्षक सहितका पदाधिकारीहरु शताब्दी परुष जोशीको घरमै पुगेर सम्मान प्रदान गरेका थिए ।

२०७७ साल चैत ११ गते सुर्खेतमा आयोजित साहित्य पुरस्कार तथा सम्मान अर्पण समारोहमा सम्मान गरिने कार्यक्रम रहेपनि शारीरिक अस्वस्थताका कारणले जोशी कार्यक्रममा उपस्थित हुन सकेका थिएनन्।

कर्णाली साहित्य समाजका संस्थापक संरक्षक महेशविक्रम शाह, उपाध्यक्ष देवकी तिमिल्सिना, सदस्य उगुना शाही, लेखक तथा पत्रकार श्री शेखर खरेल, निशु प्रोडक्सन तथा नेपाल इन्डिपेन्डेण्ट फिल्म्सकी कार्यकारी निर्देशक निशा श्रेष्ठ तथा निर्देशक श्रीगोविन्द खड्का सहितको टोली आज जोशीको घरमै पुगेर ताम्रपत्र सहितको सम्मान पत्र प्रदान गरेका थिए ।

जोशीलाई साहित्य साधना सम्मान अर्पण गरेर कर्णाली साहित्य समाज स्वयं सम्मानित भएको अनुभूत भएको कथाकार तथा कर्णाली साहित्य समाजका संस्थापक संरक्षक महेश विक्रम शाहले बताए ।

प्रकाशित मिति : २० आश्विन २०७८, बुधबार  १० : ३० बजे

७०औँ बार स्थापना दिवस मनाइयो

काठमाडौं । नेपाल बार एशोसिएशनले आज ७०औँ स्थापना दिवस मनाएको

मधेश प्रदेशसभाका नवनियुक्त सभामुख यादवद्वारा पदभार ग्रहण

धनुषा । मधेस प्रदेशसभाका नवनियुक्त सभामुख रामअशीष यादवले आज पदभार

नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो

काठमाडौँ । नबिल बैंक लिमिटेडले त्रिशूली जलविद्युत् कम्पनी लिमिटेड आयोजनाको

भरतपुरका २०० बढी स्थानमा सिसी क्यामेरा जडानको काम सुरु

चितवन । भरतपुर महानगरपालिकाले महानगर क्षेत्रमा सिसी क्यामेरा जडानको काम

संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना

काठमाडौं । जेनजी आन्दोलनपछिको अवस्थालाई सहज तुल्याउने सन्दर्भमा राष्ट्रपति र