६ आश्विन २०८३, मंगलबार | September 22, 2026

बुद्धभूमि नेपाल हाइड्रोपावरको आईपीओ शुक्रबार बाँडफाँट हुँदै



काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ यही शुक्रबार बाँडफाँट हुने भएको छ ।

बुधबार प्रिअलटमेन्टको काम सकिएको बताउँदै धितोपत्र बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केटले शुक्रबार आईपीओ बाँडफाँड हुने जानकारी दिएको हो ।

कम्पनीले गत असोज ११ गतेदेखि असाजे १४ गतेसम्म १०० अंकित दरका कुल ८ लाख कित्ता आईपीओ निष्कासन गरेको थियो । कुल निष्कासन गरिएको कित्तामध्ये ५ प्रतिशतले हुने ४० हजार कित्ता सामूहिक लगानी कोषका लागि बाँडफाँड गरिको तथा ६ प्रतिशतले हुने १६ हजार कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको छ । बाँकी ७ लाख ४४ हजार कित्तामा सर्वसाधारणले आवेदन दिएका छन् ।

क्यापिटलका अनुसार बुद्धभूमिको आईपीओमा २१ लाख ४२ हजार आवेदकबाट कुल २ करोड ६९ लाख २० हजार बढी कित्ता सेयर माग भएको छ । जुन मागभन्दा ३६ गुणाभन्दा बढी हो ।

आईपीओ गोलाप्रथाबाट बाँडफाँड हुनेछ । जसअनुसार भाग्यमानी ७४ हजार ४०० जनाले १० कित्ताका दरले सेयर पाउने छन । यो हिसाबले साढे २० लाख बढीको हात खाली हुने भएको छ ।

प्रकाशित मिति : २१ आश्विन २०७८, बिहिबार  ८ : १३ बजे

डाटासेन्टरमा देखिएको समस्यापछि रोकिएको शेयर कारोबार पुनः सञ्चालन

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का ७२ कारोबार सदस्यको डाटा

फिर्केखोलाका अनधिकृत संरचना हटाउन पोखरा महानगरको ताकेता

पोखरा । पोखरा महानगरपालिकाले फिर्केखोलाको खोलाघरभित्र बनाइएका सबै संरचना एक

त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको उपचारका क्रममा मृत्यु

काठमाडौं । त्रिपुरेश्वरमा सोमबार बसमा भएको आगलागीमा परी गम्भीर घाइते

प्रधानमन्त्री शाह आज अमेरिका प्रस्थान गर्दै

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा सहभागी हुन उच्चस्तरीय

आज चार संसदीय समितिको बैठक बस्दै, विभिन्न विधेयक र नीतिगत विषयमा छलफल हुने

काठमाडौं । आज संघीय संसद्का चारवटा संसदीय समितिको बैठक बस्दैछ