५ पुस २०८२, शनिबार | December 20, 2025

आजदेखि सार्वजनिक यातायातलाई रुट परमिट नचाहिने, उपत्यकामा चल्ने बस पनि लामो दूरीमा चलाउन सकिने



काठमाडौं । दशैँ सुरु भएसँगै सरकारले सार्वजनिक यातायातको रुट परमिट ‘सडक अनुमति’ हटाएको छ ।

दशैँका लागि एक ठाउँबाट अर्को ठाउँमा जाने यात्रुलाई सहज वातावरणमा यात्रा गराउन आज बिहीबारदेखि कोजाग्रत पूर्णिमासम्म रुट परमिट खुल्ला गरिएको यातायात व्यवस्था विभागले जानकारी दिएको छ ।

योसँगै अब यात्रुवाहक सवारीसाधन मुलुकका जुनसुकै ठाउँमा जान सक्नेछन् । त्यसका लागि सरकारसँग रुट परमिट लिनु पर्दैन । अब काठमाडौं उपत्यकासहित छोटो दुरीका सवारीसाधन पनि लामो दुरीका लागि प्रयोग गर्न सकिन्छ ।

धेरै यात्रु एकैपटक उपत्यका बाहिर जाने भएकोले दशैंमा सवारीसाधन अपुग हुन्छन् । जसकारण रुट परमिट खुल्ला गरिएको विभागका प्रवक्ता लोकनाथ भुसालले जानकारी दिए ।

प्रकाशित मिति : २१ आश्विन २०७८, बिहिबार  ८ : ५२ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता