८ बैशाख २०८१, शनिबार | April 20, 2024

देशभरका शक्तिपीठमा बिहानैदेखि भक्तजनको चहलपहल



काठमाडौं । दुर्गा पक्ष शुरु भएसँगै देशभरका शक्तिपीठमा भक्तजनको चहलपहल बढेको छ । गत वर्ष दुर्गा पक्षका बेला कोरोनाको जोखिम बढेकाले भक्तजनलाई दर्शन गर्न असहज थियो । यस वर्ष कोरोनाको जोखिम कम हुँदै गएकाले शक्तिपीठमा बिहानैदेखि भक्तजनको भीड लागेको हो ।

विगत वर्षमा काटिएको घटस्थापनाको दिनको सार्वजनिक बिदा यस वर्षदेखि सरकारले फेरि दिन थालेकाले पनि शक्तिपीठमा भक्तजनको भीड लागेको हो । नवरात्र नपरेका बेला पनि आज देवी मन्दिरमा भक्तजनको भीड लाग्छ । शरद ऋतुमा पर्ने आश्विन शुक्ल पक्ष देवीको पूजा आराधनाका लागि उत्तम समय मानिन्छ । यो बेला वर्षा सकिएर वातावरण पनि रमाइलो र घमाइलो देखिन्छ ।

बडादसैँका रुपमा समेत मनाइने यो नेपालीको राष्ट्रिय चाड हो । बडादसैँको पहिलो दिनदेखि नै घरघरमा घटस्थापना गरी नवदुर्गाको विशेष पूजा आराधना गरिन्छ । आज घटस्थापनाको साइत बिहान ११ः४६ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । आज दिनभर चित्रा नक्षत्र र वैधृति योग परेकाले घटस्थापनाअघि शान्ति गर्नुपर्ने शास्त्रीय विधि रहेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताए। चित्रा नक्षत्रको स्वामी त्वष्टाअर्थात् विश्वकर्मा र वैधृति योगका स्वामी अदितिको पूजा अराधना गरेर दोष मुक्तिका लागि शान्ति गर्नुपर्छ ।

 

नक्साल भगवतीको स्वरुप बिगारिँदा सफाइमा समस्या

काठमाडौं महानगरपालिका–१ मा रहेको नक्साल भगवती क्षेत्रको सफाइमा बुधबार बेलुकीदेखि नै स्थानीयवासी सक्रिय भएका थिए । मन्दिर परिसरमा घटस्थापना गरी आजदेखि नवदुर्गाको विधिवत् पूजा आराधना गर्ने तयारी भइरहेको छ । विसं २०६६ मा जीर्ण मन्दिर भत्काएर पुनःनिर्माण गर्ने क्रममा पहिलेको भन्दा स्वरुप बिगारिएकाले मन्दिरमाथि जम्मा भएको फोहर सफा गर्न अप्ठ्यारो भएको स्थानीयवासी अविल कपालीले बताए ।

पहिले मन्दिरभित्र दलिन राखेर गजुरसम्म पुगेर सफाइ गर्न सकिने संरचना रहेकामा विसं २०७० मा मन्दिर पुनःनिर्माण सम्पन्न हुँदा यो स्वरुप बिग्रिएको उनको गुनासो थियो । पुरातात्विक, सांस्कृतिक, धार्मिक महत्व भएका संरचना पुरानै स्वरुपमा बनाउनुपर्ने कानूनी व्यवस्था भए पनि पुरातत्व विभागको हेलचे्रक्र्याइँले यस्तो भएको स्थानीयवासीको दुःखेसो छ । मन्दिरको पुरानो स्वरुप बिगारिएकै कारण बाहिरबाट भ¥याङ राखेर मन्दिरमाथि सफाइ गर्न जानुपर्ने बाध्यता परेको छ ।

मन्दिर पुनःनिर्माणका बेला परिसरको ढुङ्गेधारासमेत साँघुरो बनाइएकाले पानीको दह जम्ने गरेको मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष शैलेन्द्र राजकर्णिकार बताउँछन् । यसका कारण मन्दिर क्षेत्रमा फोहर पानी जम्ने गरेको छ । यन्त्र लगाएर ठूलो पाइपले फोहर पानी बाहिर फाल्नुपरेको उहाँले सुनाउनुभयो । मन्दिर कहिले बन्यो भन्ने यकिन इतिहास नभए पनि मन्दिर क्षेत्रमा रहेको जलद्रोणीमा लिच्छविकालीन अभिलेख रहेकाले त्यसअघि नै बनेको मन्दिर हो भन्न सकिन्छ ।

यसैगरी काठमाडौं–३० मा रहेको मैतीदेवी मन्दिरमा सफाइसहित आजदेखि विशेष पूजाको तयारी गरिएको छ । मैतीदेवी मन्दिर क्षेत्रमा पनि बिहानैदेखि भक्तजनको भीड लागेको छ । मन्दिर व्यवस्थापन समितिका अध्यक्षसमेत रहनुभएका वडाध्यक्ष दलबहादुर कार्की भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर नवरात्रमा मन्दिर आउने भक्तजनलाई दर्शन एवं पूजा आराधनाको व्यवस्था मिलाइएको बताउँछन् ।

काठमाडौं–८ मा रहेको पशुपति क्षेत्रको गुह्येश्वरी मन्दिर क्षेत्रमा पनि भक्तजनको भीड लागेको छ । मन्दिर क्षेत्र सफाइ गरी विशेष पूजा आराधनाको व्यवस्था मिलाइएको छ । पशुपति क्षेत्रका अन्य शक्तिपीठमा पनि भक्तजनको भीड लागेको छ । दुर्गा पक्षका पनि सार्वजनिक बिदाका दिन पशुपति क्षेत्रका शक्तिपीठमा भक्तजनको बढी भीड लाग्ने गर्छ ।

काठमाडौं उपत्यकाका कालिकास्थान, भद्रकाली, शोभाभगवती, बिजेश्वरी, रक्तकाली, श्वेतकाली, कङ्केश्वरी, इन्द्रायणी, चामुण्डादेवी, सुन्दरीमाई, बज्रयोगिनी, बज्रबाराहीलगायत शक्तिपीठमा पनि बिहानैदेखि भक्तजनको भीड लागेको छ । नवरात्रको पहिलो दिनदेखि नै शक्तिपीठमा भक्तजनको भीड लाग्ने गर्छ ।

यसैगरी काठमाडौं उपत्यका बाहिरका शक्तिपीठमा पनि भक्तजनको भीड लाग्छ । पाथीभरा, पलाञ्चोक भगवती, नाला भगवती, चण्डेश्वरी, पाल्चोक भगवती, इच्छाकामना देवी, मनकामना देवी, शैलेश्वरी, बागलुङ कालिकालगायत देवी मन्दिरमा पनि भक्तजनको भीड लाग्ने गर्छ । नवरात्रका अवसरमा शक्तिपीठमा पुगी पूजा आराधनासहित देवीको दर्शन गरेमा मनोकाङ्क्षा पूरा भई वर्षभरका लागि शक्ति प्राप्त हुने विश्वास गरिन्छ । यसै विश्वासका आधारमा देशभरका शक्तिपीठमा नवरात्रभर भक्तजनको भीड लाग्ने गर्छ ।

प्रकाशित मिति : २१ आश्विन २०७८, बिहिबार  १० : २६ बजे

झुलाघाट नाका पुनः सञ्चालनमा

बैतडी । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका पुनः सञ्चालनमा

तिलोत्तमाको जानकीनगरमा डाँफे इलेक्ट्रोनिक्स हाउस

बुटवल । उपभोक्तालाई एउटै छानोमुनी सम्पूर्ण इलेक्ट्रोनिक्सका सामान उपलब्ध गराउने

नेपालले हङकङलाई दियो १४० रनको मध्यम लक्ष्य 

काठमाडौं । नेपालले हङकङलाई १४० रनको लक्ष्य दिएको छ ।

बुटवलको मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले मनायो रजत जयन्ती

बुटवल । बुटवल मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले

सुनकोसी मरिण डाइभर्सन : सुरुङ खन्न ११० मिटर बाँकी, १८ दिनपछि ‘ब्रेक थ्रु’

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन