१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

झाडापखाला प्रभावित क्षेत्रमा मन्त्रालयले पठायो चिकित्सकको टोली



काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले झाडापखाला प्रभावित क्षेत्र कपिलवस्तुको कृष्णनगर नगरपालिकामा आज चिकित्सकसहितको टोली पठाएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा.मीरकुमार अधिकारीले इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाबाट उपचारका लागि आवश्यक औषधि लिएर चिकित्सकसहितको टोली बिहीबार त्यसतर्फ गएको जानकारी दिए ।

प्रभावित क्षेत्रमा विश्व स्वास्थ्य संगठनले पनि चिकित्सकसहितको टोली पठाएको छ । कृष्णनगर नगरपालिकाका वडा नम्बर ३, ४, ७, ८, ९ र १२ मा झाडापखाला र वान्ताका बिरामी देखिएका थिए । उक्त ठाउँका करिब ३७० जना झाडापखालाका बिरामी फेला परेका छन् ।

बिरामीको स्थानीय शिवराज अस्पतालमा उपचार भइरहेको छ । तीमध्ये २२८ जना उपचारपछि घर फर्किएका र ११० जनाको उपचार भइरहेको तथा ३२ जनालाई तौलिहवा अस्पताल र लुम्बिनी अस्पतालमा रिफर गरिएको मन्त्रालयले जनाएको छ ।

पाँच जना बिरामीको दिशाको नमुना परीक्षण गरिएको र नतिजा आउन बाँकी रहेको जनाइएको छ । प्रभावित क्षेत्रको पिउने पानीको नमुना परीक्षण गर्दा कोलिफर्म र इकोली भेटिएको थियो ।

प्रकाशित मिति : २२ आश्विन २०७८, शुक्रबार  ६ : ५० बजे

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

काठमाडौं। नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ

सुदूरपश्चिम सरकार छोड्न नाउपा अध्यक्ष रञ्जिताको लिखित निर्देशन

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम

लोकेश बमको शतकका बाबजुद आयरल्याण्ड वोल्भ्ससँग नेपाल पराजित

काठमाडौं। आयरल्याण्ड वोल्भ्सले नेपाल ए लाई पराजित गरेको छ ।

नेपाली सेनाको उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम सम्पन्न

काठमाडौँ । रक्षा मन्त्रालय र नेपाली सेनाको संयुक्त आयोजनामा गत

निर्धारित लागत र समयभित्र आयोजना सम्पन्न हुनेछन् : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ठूला आयोजनामा भएका कामकारबाहीको