१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

कांग्रेसले लगायो मन्त्री र मन्त्रालयको टुंगो, को को बन्दैछन् मन्त्री !



काठमाडौं । नेपाली कांग्रेसले मन्त्री बन्नेहरुको नाम र मन्त्रालय टुंगो लगाएको छ ।

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको तर्फबाट सरकारमा पठाउने मन्त्रीहरूको नाम र मन्त्रालय टुंगो लगाएका हुन् ।

प्रधानमन्त्री देउवाले रक्षामन्त्रीमा डा. मिनेन्द्र रिजाललाई पठाउने निर्णय गरेका छन् । यस्तै, यसअघि कानून मन्त्रालय सम्हाल्दै आएका ज्ञानेन्द्रबहादुर कार्कीलाई संचारमा पठाएर कानूनमा दिलेन्द्रप्रसाद बडु जाने भएका छन् । यसैगरी उमा रेग्मी महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री र उमाकान्त चौधरीलाई खानोपानी मन्त्री बनाउने टुंगो लागेको छ । यसअघि कांग्रेसबाट गृहमन्त्री बालकृष्ण खाँड, परराष्ट्रमन्त्री नारायण खड्का बनेका छन् भने स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठ रहेका छन् ।

नेकपा एकीकृत समाजवादीले पनि आजै सरकारमा पठाउने मन्त्रीको टुंगो लगाएको छ । विरोध खतिवडाको नेतृत्वमा रामकुमारी झाँक्री, प्रेम आले र किसान श्रेष्ठ मन्त्री बन्दैछन् । खतिवडा स्वास्थ्यमन्त्री बन्दैछन् भने झाँक्री पर्यटन मन्त्री बन्दैछिन् । यस्तै, आले शहरी विकास र श्रेष्ठ श्रम तथा रोजगार मन्त्री बन्दैछन् । एकीकृत समाजवादीले भवानी खापुङलाई राज्यमन्त्री बनाउँदैछ ।

माओवादी केन्द्रले यसअघि नै मन्त्रीको टुंगो लगाइसकेको छ । देवेन्द्र पौडेल शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री, शशी श्रेष्ठ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र महेश्वर गहतराज युवा तथा खेलकुद मन्त्री बन्दैछन् ।

प्रकाशित मिति : २२ आश्विन २०७८, शुक्रबार  २ : ५० बजे

त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिम

काठमाडौं । त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभागले माटोको नियमित परीक्षण

१६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६ औँ योजनामा एकीकृत

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिमको घोषणा

काठमाडौं । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टिमको घोषणा

आज सुन तोलाको १ लाख ३५ हजार ८०० रुपैयाँ

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल

बसको ठक्करबाट भरतपुरमा तीर्थयात्रीको मृत्यु

भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना