८ बैशाख २०८१, शनिबार | April 20, 2024

बुटवलमा विस्फोटक पदार्थ पटाकाको गोदाममा प्रहरीको छापा, १० लाख बराबरको पटाका बरामद, एकजना पक्राउ



बुटवल । इलाका प्रहरी कार्यालय बुटवलले करीब १० लाख मुल्य बराबरको अबैध पटाका सहित एकजनालाई पक्राउ गरेको छ । दशैं तिहार छठलाई लक्षित गरी भारतबाट अबैधरुपमा नेपाल भित्राइएको पटाका आज प्रहरीले पक्राउ गरेको हो ।

अबैध पटाकाहरु बिक्री गर्ने प्रयोजनका लागि बुटवलमा घरभाडामा लिएर लुकाई छिपाई राखेको अवस्थामा प्रहरीले फेला पारेको प्रहरीले जनाएको छ । बुटवल ११ मजुवाको एउटा घरमा लुकाएर राखिएको पटाका बरामद भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरिक्षक मदन कुँवरले बताए ।

पटाका सहित प्रहरीले पटाका बिक्रीमा संलग्नन एकजनालाई समेत पक्राउ गरेको छ । पक्राउ पर्नेमा तानसेन नगरपालीका ७ पाल्पा स्थायी घर भएर हाल बुटबल उपमहानगरपालीका ११ मजुवा ३१ वर्षिय बिस्मिल्ला मुसलमान हुन् ।

भारतबाट चोरी तस्करी गरी बुटबल भित्राएर बिक्री गर्ने गर्ने तैयारी गरीरहेको अवस्थामा इलाका प्रहरी कार्यालय बुटवलको टोलिले पटाका सहित मुसलमानलाई पक्राउ गरेको थियो । घर भाडामा लिएर किराना पसल गदै आएका मुसलमानले पसल भित्र पटकाहरु राखेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले छापा मारेको र्डीसपी कुँवरले बताए । कुँवरका अनुसार करीव ९ लाख मुल्यको १५ हजार ३ सय ८१ प्याकेट बिभीन्न आकारका साईजका पटाका प्रहरीले नियन्त्रणमा लिएको छ ।

चाडबाडमा हुने अवान्छित कृयाकलाप रोक्न इलाका प्रहरी कार्यालय बुटवलले एक टोलीनै परिचालन गरेको कुँवरले जानकारी दिए । पपक्राउ परेका मुसलमान विरुद्ध विष्फोटक पदार्य सम्बन्धी कसुर अन्तर्गत मुद्दा दर्ता गरि अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २२ आश्विन २०७८, शुक्रबार  ५ : ३६ बजे

नेपालले हङकङलाई दियो १४० रनको मध्यम लक्ष्य 

काठमाडौं । नेपालले हङकङलाई १४० रनको लक्ष्य दिएको छ ।

बुटवलको मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले मनायो रजत जयन्ती

बुटवल । बुटवल मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले

सुनकोसी मरिण डाइभर्सन : सुरुङ खन्न ११० मिटर बाँकी, १८ दिनपछि ‘ब्रेक थ्रु’

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन

राहुघाटमा निर्माणाधीन पाँच जलविद्युत् आयोजना अन्तिम चरणमा

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाटमा सञ्चालित पाँच

गण्डकीमा मन्त्रीको कार्यविभाजन, मनाङेलाई भौतिक पूर्वाधार मन्त्रालय

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रीहरुको कार्यविभाजन गरेका