१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

खसीबोकाको प्रतिकेजी मूल्य ६४०



काठमाडौं । दशैं, तिहारजस्ता चाडपर्वका लागि सुपथ मूल्य पसल संचालन गर्दै आएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्षको दशैंका लागि खसी र बोकाको मूल्य प्रतिकेजी ६ सय ४० रुपैयाँ तोकेको छ ।

कम्पनीले काठमाडौंको थापाथलीस्थित आफ्नै कार्यालय परिसरमा प्रतिकेजी ६ सय ५० रुपैयाँ मूल्यमा विक्री गर्ने तय गरेको खशी, बोकाको मूल्य दशैंका लागि प्रतिकेजी १० रुपैयाँ छुट दिएर ६ सय ४० रुपैयाँमा विक्री वितरण गरेको हो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहनप्रकाश चन्दले खसी, बोका सस्तोमा पाइने उल्लेख गर्दै खरिद गर्न पनि ग्राहकहरुलाई आग्रह गरे । उनले खशी, बोकाको अभाव हुन नदिने प्रतिवद्धता समेत जनाए ।

कम्पनीले हाल २ हजार खशी, बोका विक्रीका लागि ल्याएको छ । तर ग्राहकहरुको चाप बढेकाले आवश्यक्ता अनुसार फेरी पनि खशी, बोका थप गरेर विक्री वितरण गर्ने व्यवस्था मिलाइएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बागमती प्रदेश कार्यालयकी प्रादेशिक प्रमुख ज्ञानु थापाले जानकारी दिए । उनले दैनिक ५ सय वटा खशी, बोका विक्री वितरण हुने अनुमान गरिएको समेत बताए ।

ग्राहकहरुले पनि बजारमा भन्दा सस्तोमा खशी, बोका उपलब्ध भएको भन्दै खुसी व्यक्त गरेका छन । उनीहरुले खशी, बोका स्वस्थ रहेको र विक्री वितरणको व्यवस्था पनि गत वर्षको भन्दा सहज भएको प्रतिक्रिया दिएका छन ।

कम्पनीले विहान ७ बजेबाट अपरान्ह ५ बजेसम्म खशी, बोका विक्री वितरणको व्यवस्था मिलाएको छ । कम्पनीले यस वर्ष कोरोनाका कारण चीनबाट च्याङ्ग्रा भने भित्र्याउन नसकिएको स्पष्ट पारेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत चन्दले ग्राहकहरुले उत्साही ढंगले खशी, बोका खरिद गरिरहेको बताए ।

उनले बजारमा भन्दा सस्तोमा पाइने हुनाले ग्राहकहरु कम्पनीमा खरिद विक्रीका लागि उत्साहका साथ आउने तर्क समेत गर्नु भयो । कम्पनीले यस वर्ष दाङ र मकवानपुरबाट खरिद गरेर खशी, बोका ल्याइएको पनि जानकारी गराएको छ ।

प्रकाशित मिति : २३ आश्विन २०७८, शनिबार  ४ : १४ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले