४ पुस २०८२, शुक्रबार | December 19, 2025

सशक्त कम्युनिष्ट धारको नेतृत्व एकीकृत समाजवादीले गर्छ : उपाध्यक्ष पाण्डे



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्र पाण्डेले आफ्नो पार्टीले सशक्त कम्युनिष्ट धारको नेतृत्व गर्ने दाबी गरेकाछन् ।

काठमाडौं महानगरपालिका–१५ स्वयम्भू वडा कमिटीले दसैं तिहारलगायत विभिन्न पर्वका अवसरमा शनिबार आयोजना गरेको कार्यक्रममा उपाध्यक्ष पाण्डेले लोकतान्त्रिक मूल्य मान्यताका आधारमा सामूहिक निर्णय गरिने बताए ।

पाण्डेले कम्युनिष्ट पार्टीमा व्यक्ति पूजाको सुरुआत भएकामा चिन्ता व्यक्त गर्दै एकीकृत समाजवादीमा सबै सदस्यको समान हैसियत हुने र आवश्यकताअनुसार जिम्मेवारी फरक फरक हुने बताए । उनले मुलुकमा निरङ्कुशता विरुद्ध सबै एकजुट हुनुपर्नेमा जोड दिए ।

सो पार्टीका सचिव जीवनराम श्रेष्ठले एमालेमा एकल नेतृत्व हाबी भएकाले आफूहरुले अन्तरसङ्घर्ष गरी त्यसलाई सच्याउन खोजेको भए पनि नेतृत्व तयार नभएपछि पार्टीमा विद्रोह गरी नयाँ कम्युनिष्ट पार्टी स्थापना गरिएको बताए । श्रेष्ठले कम्युनिष्ट विचारलाई एकीकृत समाजवादीले मात्र अवलम्बन गरेको दाबी गरे ।

काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलले संसद् पटकपटक विघटन भएकाले संसद् विकास कोषबाट वडामा आउने सहयोगमा असर पुगेको बताउँदै यसले जनहितमा कार्य गर्न नसकिएको तथा स्थानीय विकासमा समस्या आएको स्पष्ट पार ।

प्रकाशित मिति : २३ आश्विन २०७८, शनिबार  ४ : ४४ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको