३ पुस २०८२, बिहिबार | December 18, 2025

आज मानसिक स्वास्थ्य दिवस : हरेक चारमध्ये एकमा मानसिक स्वास्थ्य समस्या



काठमाडौं । आज १० अक्टोबर अर्थात् विश्व मानसिक स्वास्थ्य दिवस । यस वर्ष ‘असमान विश्वमा मानसिक स्वास्थ्य’ मुल नाराका साथ विश्व मानसिक स्वास्थ्य दिवस मनाइँदैछ ।

विश्व मानसिक स्वास्थ्य महासंघले पहिलो पटक सन् १९९२ मा विश्व मानसिक स्वाथ्य दिवस मनाएको थियो । त्यसपछि विश्व स्वास्थ्य संगठनको आह्वानमा हरेक वर्ष १० अक्टोबरमा यो दिवस मनाइन थालिएको हो ।

विश्व स्वास्थ्य संगठनका अनुसार हरेक चारमध्ये एक जनामा कुनै न कुनै किसिमको मानसिक स्वास्थ्य समस्या हुने गरेको पाइएको छ ।

पछिल्लो समय मानसिक समस्या अर्थात् डिप्रेसन विश्वभर दोस्रो ठूलो रोगको रूपमा देखापरेको छ । पहिलो रोगमा भने मुटु तथा रक्तसञ्चारसम्बन्धी समस्या रहेका छन् ।

त्यसतै सवारी दुर्घनापछि युवाको मृत्युको दोस्रो ठूलो कारणको रूपमा आत्महत्या देखापरेको छ । आत्महत्या गर्नेमा अधिकांश मानसिक रोगबाट ग्रसित हुने गरेको पाइएको छ । नेपालमा पनि आत्महत्या गर्नेमा ८५ प्रतिशत व्यक्ति मानसिक समस्याबाट ग्रसित रहेको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ ।

विश्व स्वास्थ्य संगठनले मानव स्वास्थ्यको व्याख्या गर्दै स्वास्थ्य भनेको ‘पूर्ण शारीरिक, मानसिक र सामाजिक सन्तुलनको अवस्था हो’ भनेर व्याख्या गरेको छ ।

स्वास्थ्य क्षेत्रमा मानसिक स्वास्थ्य समस्यालाई विशेष गरी तीन चरणमा विभाजन गरिन्छ । यसको पहिलो, दोस्रो र तेस्रो चरण हुन्छ । तर, यी सबै चरणका मनानसीक रोगीहरू परामर्श तथा औषधि सेवनबाट निको भने हुन्छन् ।

बढी एकान्त रुचाउने, मन स्थिर नहुने, मनको भँडासलाई कराएर निकाल्न मनलाग्नु मानसिक स्वास्थ्य समस्याको केहि लक्षण हुन् । बढी तनाव दिनाले पनि मानसिक समस्या हनसक्छ ।

प्रकाशित मिति : २४ आश्विन २०७८, आइतबार  ७ : ३१ बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका