२० माघ २०८२, मंगलबार | February 4, 2026

विश्व मानसिक स्वास्थ्य दिवस : ‘तनावपूर्ण र अस्वस्थ जीवनशैली मनोरोगको कारक’



चितवन । तनावपूर्ण र अस्वस्थ जीवनशैली मनोरोग बढाउने मुख्य कारक रहेको चिकित्सकले बताएका छन् । सामाजिक, आर्थिक, वातावरणीय प्रभाव र कुलतका कारण पनि मनोरोग हुने उनीहरुको भनाइ छ । समयमै उपचार गरेमा रोगबाट बच्न सकिने जनाइएको छ ।

मनोचिकित्सक डा गिरिराज भन्तना तनावपूर्ण वातावरण घटाउनु पर्ने र स्वस्थ जीवनशैली अपनाउनुपर्ने बताउँछन् । उनले भने, “ यसबाट बचाउनका लागि परिवार, समाज र राष्ट्रको भूमिका हुन्छ ।” वंशाणुगत हिसाबले जोखिममा रहेका व्यक्तिलाई वातावरणीय अनुकूलता मिलाउनुपर्ने उनको भनाइ छ ।

ब्युटीफूल माइण्ड इन्स्टिच्युट अफ साइक्याट्री, खैरहनीका अध्यक्षसमेत रहनुभएका डा भन्तना मदिरा लागुऔषध दुव्र्यसनीमा मनोरोगको जोखिम बढी हुने बताउँछन् । रोग लागिहालेमा विशेषज्ञ चिकित्सकसँग समयमा नै उपचार गरेमा निको हुने उउनले बताए । । भन्तनाले भने, “व्यक्तिसँग सुहाउँदा वातावरणीय अनुकूलता मिलाउनुपर्छ । त्यही खालको व्यवहार मिलाउनुपर्छ ।” लामो समय रोगलाई पालेर नबस्न डा भन्तना सुझाव दिन्छन् ।

भरतपुर अस्पतालका मानसिक रोग विभागका प्रमुख डा सुनिल साह विशेषगरी कोरोना महामारीपछि विभिन्न समस्या लिएर बिरामी आउने गरेको बताउँछन् । सङ्क्रमणका समयमा नियमित चेक नगरेका र औषधि प्रयोग नगरेका पूर्ववत् अवस्थामा जटिल समस्या लिएर आउने गरेको साह बताउँछन् । महामारीपछि पेशा तथा रोजगारी गुमाएर, लामो समय परिवार एकै ठाउँमा बस्दा झैझगडा भएर पनि समस्या आएको उनको बुझाइ छ । मध्यम र न्यून आय भएका देशमा मानसिक समस्या बढेको उल्लेख गर्दै उनले भने, “जनचेतनाको कमी छ । मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिलाई उपचार पहुँच छैन ।”

समाजबाट उनीहरु अपहेलित भएको जनाउँदै साहले समयमै उपचारका लागि अस्पताल लैजानुको सट्टा धामीझाँक्रीकामा लैजाने प्रचलन अहिले पनि रहेको बताए। रोग नियन्त्रणका लागि परिवार र समाजको महत्वपूर्ण भूमिका हुने साह बताउँछन् । मानसिक रोगसम्बन्धी जनचेतना जगाएर समयमै अस्पताल पठाएर उपचार गर्न सकिएमा रोग निको पार्न सकिने डा साहको भनाइ छ ।

मनोरोग विशेषज्ञ डा सिर्जना भुर्तेल स्वस्थ जीवनशैली अपनाउनसके धेरै मनोरोग नियन्त्रण गर्न सकिने बताउँछिन् । सामान्य स्वस्थ जीवनशैली अपनाउने, शारीरिक श्रम र व्यापार गर्ने, आफ्ना कुरा अरुलाई बाँड्ने (शेयर गर्ने) गरियो भने धेरैजसो मनोरोग नियन्त्रण गर्न सकिने डा भुर्तेलको भनाइ छ । उनी भन्छिन्, “कुलतमा लागेमा, कसैको आनीबानी र व्यवहार परिवर्तन भएमा तुरुन्त चिकित्सकको परामर्श लिनुपर्छ ।”

सामान्य अवस्थामा मानिसको सोच, विचार र व्यवहारमा आउने परिवर्तनलाई मनोरोग भनिने बताउँदै उनले भनिन्, “निराश हुनु, राति निन्द्रा नपर्नु, खाना मन नलाग्नु, आत्महत्याको सोच आउनु जस्तो लक्षण मनोरोगका हुन् ।” छड्पटी हुनु, जाँगर नलाग्नु, जिउ पोल्नु, जोर्नी पोल्नु, चिन्ता बढ्नु तर परीक्षण गर्दा केही रोग नदेखिनुलाई मनोरोग भनिने गरेको उनको भनाइ छ ।

पारिवारिक, सामाजिक, आर्थिक, वातावरणमा भइरहेका कुराले असर गरेर मानसिक रोग हुने उनी बताउँछन्। मनोरोगका धेरै भ्रम छन् । रोग लागेको मानिससँग विवाह गर्न हुँदैन, यो रोग सरुवा रोग हो, यो रोग एकपटक लागेपछि जीवनभर औषधि खानुपर्छ भन्ने गलत मान्यता रहेको चिकित्सक बताउँछन् । मुख्यरुपमा आफ्ना कुराहरु बाँड्ने, आफ्नो कुरा सुनाउने र अरुको कुरा सुन्ने गर्नुपर्ने चिकित्सकको भनाइ छ ।

मनोरोगबाट बच्नका लागि स्वस्थ जीवनशैली अपनाउन चिकित्सकहरुको सुझाव छ । दैनिक व्यायाम, योगा गर्ने, हिँड्ने, निर्धारित समयमा सुत्ने, उठ्ने र खाने गर्नुपर्छ । स्वस्थ मानिसले छदेखि आठ घण्टाको मीठो निन्द्रा निदाउनु पर्दछ । पानी प्रशस्त पिउनुपर्छ । आफ्नो मनोरञ्जनको समय निकाल्ने र मनोरञ्जन गर्ने गर्नुपर्ने चिकित्सक बताउँछन् । चिकित्सक सबैको भनाइमा मनोरोग नियन्त्रण गर्न परिवारले उपयुक्त वातावरण बनाउनुपर्ने देखिन्छ ।

प्रकाशित मिति : २४ आश्विन २०७८, आइतबार  १० : २१ बजे

विदेशमा बस्ने नेपालीले देशको अर्थतन्त्र र सामाजिक विकासमा दिएको योगदान महत्त्वपूर्ण छ : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जापानमा बस्ने नेपालीहरूले नेपाली अर्थतन्त्रलगायत

ललितपुरबाट पेस्तोलसहित तीन जना नियन्त्रणमा

काठमाडौँ । सशस्त्र प्रहरी बलले ललितपुरबाट आज पेस्तोलसहित तीन जनालाई

निर्वाचन सुरक्षाका लागि भोलि बुधबारदेखि सेना परिचालन

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र

समानुपातिकतर्फको अन्तिम बन्दसूची सार्वजनिक, ३१३५ उम्मेदवार कायम

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा

पोखरामा थुप्रियो फोहर, व्यवस्थापनमा चुनौती

गण्डकी । पर्यटकीय राजधानी पोखरामा केही दिनयता फोहर उठ्न सकेको