५ भदौ २०८३, शुक्रबार | August 22, 2026

रुपन्देहीको मोतिपुरमा गोली चल्यो, २ जना घाईते



बुटवल । रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा जग्गा कब्जा गर्नेहरुलाई हटाउने क्रममा गोली चलेको छ । जग्गा कब्जा गर्ने समुह र प्रहरीकाबीच झडपका क्रममा प्रहरीले प्रहार गरेको गोली लागी २ जना घाईते भएका छन् । झडपका क्रममा थप ३ जना घाईते भएका छने भने प्रहरी तर्फपनि ३ प्रहरी र २ सशस्त्र प्रहरी घाईते भएका छन् ।

आद्योगिक करिडोर क्षेत्रमा जग्गा कब्जा गर्नेहरुले दिनभरी जग्गा कब्जा गर्ने र राती घरघर गएर बस्ने गरेको पाईएपछि प्रहरीले आज बिहानै औद्योगिक क्षेत्रमा आउने नाका बन्द गरेर बसेको थियो । नियमित औद्येगिक क्षेत्रमा बिहानै जग्गा कब्जा गर्ने समुह प्रवेश गर्न थालेपछि प्रहरीले बाटो छेक्ने क्रममा झडप भएको थियो । स्थिती तनावग्रस्त हुँदै गएपछि प्रहरीले गोली चलाउँदा २ जना घाईते भएका हुन् । झडप जारी रहेका कारण घाईतेहरुको पहिचान खुल्न सकेको छैन ।

घाईतेलाई लिन गएको सुरक्षित नेपालको एम्बुलेन्समाथि पनि स्थानीयले आक्रमण गरि ध्वस्त बनाएका छन् । घटनास्थलमा झडप जारी रहेको छ ।

२०७२ चैत १ मा रुपन्देहीको मोतीपुरमा ५ वर्षभित्र औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा भयो । बुटवल उप–महानगरपालिकासहित तिलोत्तमा नगरपालिका, सियारी र शुद्धोधन गाउँपालिकासित जोडिएको तिनाउ नदी उकास क्षेत्रको सार्वजनिक जग्गामा औद्योगिक क्षेत्र बनाउनेमा सबै दलको सहमति छ ।

२०७२ चैत १ मा रुपन्देहीको मोतिपुरमा ५ वर्षभित्र औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा भएको थियो । केही महिना अगाडि औद्योगिक क्षेत्रको शिलान्यास समेत गरिएको थियो ।

प्रकाशित मिति : २४ आश्विन २०७८, आइतबार  २ : ३८ बजे

सुन सफा गर्ने बाहनामा ठगी गर्ने चार जना भारतीय पक्राउ

म्याग्दी । मालिका गाउँपालिका–६ ढाँडखर्कमा सुन सफा गर्ने बाहनामा ठगी

उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कारलाई निरन्तरता दिँदै महासङ्घ रुपन्देही

बुटवल । नेपाल पत्रकार महासङ्घ रुपन्देहीको समन्वयमा उत्कृष्ट वातावरण पत्रकारिता

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सम्पन्न

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

बाँदर धपाउने क्रममा लडेर एक जनाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा आज एक जना

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

दाङ । दाङमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्रवाहको समय परिवर्तन गरिएको