७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

इनरुवा सबस्टेसन निर्माण धमाधम, पुसभित्र निर्माण सक्ने लक्ष्य



काठमाडौं । सुनसरीमा निर्माणाधीन ग्याँस इन्सुलेटेड प्रणालीमा आधारित (जिआइएस) ४०० केभी र २२०/१३२/३३ केभी इनरुवा सबस्टेसनको काम धमाधम भइरहेको छ । आगामी पुसभित्र निर्माण सम्पन्न गरी सञ्चालन गर्ने लक्ष्यका साथ काम भइरहेको हो ।

सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा विद्युत प्रवाहका अतिरिक्त स्थानीय रूपमा आपूर्तिसमेत गरिने छ । यसबाट त्यहाँको विद्युत आपूर्ति भरपर्दो र गुणस्तरीय हुनेछ ।

४०० केभी र २२०/१३२/३३ केभी सबस्टेसनका अधिकांश सिभिल संरचनाको निर्माण सम्पन्न भइसकेको छ । साथै ट्रान्सफर्मर, रियाक्टर सर्किट ब्रेकरजस्ता मुख्य उपकरण निर्माणस्थलमा ल्याइसकिएको छ । २२०/१३२/३३ केभी सबस्टेसनका उपकरण जडान भइसकेको छ । ४०० केभी र २२०/१३२/३३ केभी सबस्टेसनको समग्र निर्माण प्रगति क्रमश : ६५ र ८५ प्रतिशत छ ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निर्माणस्थलको अवलोकन र निर्माणमा संलग्न आयोजना व्यवस्थापन, ठेकेदार कम्पनी, परामर्शदातासँग छलफल गरी निर्धारित समयमै काम सम्पन्न गर्न आग्रह गरे ।
‘मोरङ–सुनसरी औद्योगिक करिडोरका उद्योगलाई थप विद्युत दिन र आपूर्तिलाई भरपर्दो तथा गुणस्तरीय बनाउन इनरुवा सबस्टेसनको निर्माण तत्काल सक्नु पर्ने छ, यस्तो मेरुदण्डको रुपमा रहेको सबस्टेसन निर्माणमा आइपर्ने समस्या तत्काल समाधान गर्न तयार छौं’, उनले भने ।

उनका अनुसार सबस्टेसन तयार भएपछि कोसी करिडोर २२० केभी प्रसारण लाइनलाई २२० केभीमा चार्ज गर्न सकिन्छ ।
अरुण तथा तमोर नदी र त्यसका सहायक खोलामा निर्माण गरिएका जलविद्युत आयोजनाबाट उत्पादित विद्युत कोसी करिडोर २२० केभी प्रसारण लाइनमार्फत इनरुवा सबस्टेसनमा जोडिने छ । कोसी करिडोरको इनरुवा-बसन्तपुर-तुम्लिङटार खण्ड निर्माण सम्पन्न भइसकेको छ भने वसन्तपुर-ढुंगेसाँघु खण्ड निर्माणाधीन छ ।

नेपाल सरकारको लगानीमा निर्माण भइरहेको ४०० केभी सबस्टेसन निर्माणका लागि २०७५ पुसमा ठेक्का सम्झौता भएको थियो । नेपाल सरकारको लगानी र विश्व बैकको सुहलितपूर्ण ऋणमा नेपाल-भारत विद्युत प्रसारण तथा व्यापार आयोजनाअन्तर्गत २२०/१३२/३३ केभी सबस्टेसनको निर्माण गरिएको हो ।

प्रकाशित मिति : २५ आश्विन २०७८, सोमबार  ८ : ४४ बजे

विवादका बीच गण्डकीको प्रदेशसभाको बैठक बस्दै

गण्डकी । गण्डकी प्रदेशसभाको बैठक आज बस्दै छ । गण्डकी प्रदेशका

हेलिकोप्टर दुर्घटनामा केन्याका सेना प्रमुखको निधन

केन्या । केन्याका सैन्य प्रमुख फ्रान्सिस ओगोलाको हेलिकोप्टर दुर्घटनामा परी

युरोपा लिगको सेमिफाइनलको समीकरण पुरा

काठमाडौं । युइएफए युरोपा लिगको सेमिफाइनलको समीकरण पुरा भएको छ

आज मनकामना केबलकार बन्द

चितवन । मनकामना केबलकार आज एक दिनका लागि बन्द हुने

गोकुल बाँस्कोटाको टिप्पणी- सबैतिर गठबन्धन गर्नु तर राजनीतिमा कहिल्यै गठबन्धन नगर्नु !

काठमाडौं । नेकपा एमालेका सांसद तथा पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले एकीकृत