११ श्रावण २०८३, सोमबार | July 27, 2026

आईतबार दिनभर तनावग्रस्त रहेको मोतिपुर औद्योगिक क्षेत्र सोमबार सुनसान (फोटो फिचर सहित)



बुटवल । आईतबार दिनभर तनाबग्रस्त रहेको बुटवलको निर्माणाधिन मोतिपुर औद्योगिक क्षेत्र सोमबार सुनसान बनेको छ ।

जग्गा कब्जा गर्न आएका व्यक्ति र खाली गर्न आएका सुरक्षाकर्मीबीच झडप भएको सो क्षेत्रमा कफ्र्यू जारी भएको प्रशासन कार्यालयले जनाएको छ ।

योसगै प्रहरीको बाक्लो उपस्थिती रहेको छ । विसं २०७२ चैत १ मा रुपन्देहीको मोतीपुरमा ५ वर्षभित्र औद्योगीक क्षेत्र निर्माण गर्ने घोषणा भएको थियोे ।

जुन बुटवल उप-महानगरपालिकासहित तिलोत्तमा नगरपालिका, सियारी र शुद्धोधन गाउ“पालिकासित जोडिएको तिनाउ नदी उकास क्षेत्रको सार्वजनीक जग्गा हो ।

०७३ बैशाख २९ मा यहाँको ८ सय १३ बिगाह क्षेत्रफल मोतीपुर औद्योगिक क्षेत्र परियोजनाको नाममा पुर्जा बनेको छ ।

१२ अर्व लागतमा औद्योगिक क्षेत्र निर्माण गर्ने योजना सहित २०७७ फागुन २१ मा शिलान्याय भएको थियो । घटनास्थल वरपर अश्रुग्यासको खोका, साईकल, चप्परहरु भेटिएका छन ।

फोटो फिचर सहित

 

प्रकाशित मिति : २५ आश्विन २०७८, सोमबार  २ : १३ बजे

धनगढीमा पेट्रोल छर्केर आत्मदाह प्रयास गरेकी युवतीको उपचारका क्रममा मृत्यु

कैलाली । धनगढीमा शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेकी एक

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्गको आज उद्घाटन गरिँदै

काठमाडौं । मुलुककै पहिलो व्यवस्थित यातायात सुरुङमार्गका रूपमा रहेको नागढुङ्गा-सिस्नेखोला

झापामा माछापालन व्यवसाय सङ्कटतर्फ उन्मुख

झापा । पूर्वी नेपालको प्रमुख माछा उत्पादन क्षेत्र झापामा व्यावसायिक

तीनवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसदअन्तर्गतका विभिन्न तीन समितिको बैठक आज बस्दैछ

विश्वकप लिग-२ : नेपाल आज नामिबियासँग भिड्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक