२१ श्रावण २०८३, बिहिबार | August 6, 2026

‘प्रहरीले अत्याधिक बल प्रयोग गरि नागरिकको ज्यान जानु निन्दनीय, राज्यले संयमता गुमाउनु हुन्न’: शान्ति समाज रूपन्देही



बुटवल । रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा आइतबार चारजना नागरिकको ज्यान जानेगरि भएको घटनाप्रति मानव अधिकार तथा शान्ति समाजले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

रुपन्देहीको बुटवल १७ स्थित मोतिपुर औद्योगिक क्षेत्रमा आइतबार स्थानीय र प्रहरीबिच झडप हुँदा अहिलेसम्म ४ जनाको मृत्यु भएको छ ।

सो घटनामा दर्जनौं प्रहरी तथा केहि सञ्चारकर्मी समेत घाइते हुनु दुखद रहेको भन्दै प्रहरीले अत्याधिक बल प्रयोग गरि नागरिकको ज्यान जानु निन्दनीय कार्य भएको समाजको ठहर छ ।

हरेक नागरिकको जीवनको रक्षागर्ने अभिभावकत्व जिम्मेबारी पनि राज्य कै भएको र जस्तोसुकै परिस्थितीमा पनि राज्यले संयमता गुमाउन नहुने शान्ति समाजका सभापति डिपि खनाल र सचिव कपिल ज्ञवालीद्वारा जारी बिज्ञप्तिमा भनिएको छ ।

सो घटनाको कारक तत्व जग्गा प्रकरणमा सम्बन्धमा सम्बन्धित निकाय,राजनैतिक दल ,नागरिक समाज,तथा अन्य सरोकारवालाहरुसंग बिस्तृत छलफल र परामर्श गरि गहन संवादगरि शान्तिपूर्वक निकास निकाल्न प्रशासन समक्ष आग्रह गरेको जिल्ला सभापति खनालले बताए ।

’उक्त घटनामा घाइते भएका सम्पूर्ण ब्याक्तिहरुको स्वास्थ्य उपचारको सम्पूर्ण जिम्मेबारी राज्यलाइ लिन र घटनाको निश्पक्ष छानबिन गर्न सरकारसमक्ष आग्रह गर्दछौं ।’-विज्ञप्तिमा भनिएको छ ।

यस घटनाद्वारा उत्पन्न भएको बिषम परिस्थितीमा मोतिपुर क्षेत्रमा शान्ति सुब्यबस्था कायम गर्ने,त्रसित नागरिकको जीवनलाइ सामान्यीकरण गर्न सबै सरोकारवाला समक्ष समाजले बिशेष आग्रह गरेको सचिव कपिल ज्ञवालीले जानकारी दिए ।

सो घटनालाइ अध्ययन,अनुगमन गर्दै आइरहेको समाजले जनाएको छ ।

प्रकाशित मिति : २५ आश्विन २०७८, सोमबार  ६ : ०४ बजे

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज

मनसुनजन्य विपद् पूर्वतयारीबारे सरकारको ध्यानाकर्षण

काठमाडौं । राष्ट्रियसभामा सांसद कमला पन्तले मनसुनजन्य विपद् व्यवस्थापनको पूर्वतयारी

देशमा शान्ति सुरक्षा कायम गर्न सरकार क्रियाशील छ : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले मुलुकमा शान्ति सुरक्षा कायम गर्न

‘हेलो सरकार’ एकीकृत सेवा व्यवस्थापन प्रणालीमा रुपान्तरण हुँदै

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासा सुनुवाइ प्रभावकारी

उपत्यकाको यातायात संरचनामा दीर्घकालीन परिवर्तन ल्याउने गुरुयोजना

काठमाडौं । काठमाडौं उपत्यकाको यातायात संरचनामा दीर्घकालीन रूपमा परिवर्तन ल्याउने