५ पुस २०८२, शनिबार | December 20, 2025

‘प्रहरीले अत्याधिक बल प्रयोग गरि नागरिकको ज्यान जानु निन्दनीय, राज्यले संयमता गुमाउनु हुन्न’: शान्ति समाज रूपन्देही



बुटवल । रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा आइतबार चारजना नागरिकको ज्यान जानेगरि भएको घटनाप्रति मानव अधिकार तथा शान्ति समाजले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

रुपन्देहीको बुटवल १७ स्थित मोतिपुर औद्योगिक क्षेत्रमा आइतबार स्थानीय र प्रहरीबिच झडप हुँदा अहिलेसम्म ४ जनाको मृत्यु भएको छ ।

सो घटनामा दर्जनौं प्रहरी तथा केहि सञ्चारकर्मी समेत घाइते हुनु दुखद रहेको भन्दै प्रहरीले अत्याधिक बल प्रयोग गरि नागरिकको ज्यान जानु निन्दनीय कार्य भएको समाजको ठहर छ ।

हरेक नागरिकको जीवनको रक्षागर्ने अभिभावकत्व जिम्मेबारी पनि राज्य कै भएको र जस्तोसुकै परिस्थितीमा पनि राज्यले संयमता गुमाउन नहुने शान्ति समाजका सभापति डिपि खनाल र सचिव कपिल ज्ञवालीद्वारा जारी बिज्ञप्तिमा भनिएको छ ।

सो घटनाको कारक तत्व जग्गा प्रकरणमा सम्बन्धमा सम्बन्धित निकाय,राजनैतिक दल ,नागरिक समाज,तथा अन्य सरोकारवालाहरुसंग बिस्तृत छलफल र परामर्श गरि गहन संवादगरि शान्तिपूर्वक निकास निकाल्न प्रशासन समक्ष आग्रह गरेको जिल्ला सभापति खनालले बताए ।

’उक्त घटनामा घाइते भएका सम्पूर्ण ब्याक्तिहरुको स्वास्थ्य उपचारको सम्पूर्ण जिम्मेबारी राज्यलाइ लिन र घटनाको निश्पक्ष छानबिन गर्न सरकारसमक्ष आग्रह गर्दछौं ।’-विज्ञप्तिमा भनिएको छ ।

यस घटनाद्वारा उत्पन्न भएको बिषम परिस्थितीमा मोतिपुर क्षेत्रमा शान्ति सुब्यबस्था कायम गर्ने,त्रसित नागरिकको जीवनलाइ सामान्यीकरण गर्न सबै सरोकारवाला समक्ष समाजले बिशेष आग्रह गरेको सचिव कपिल ज्ञवालीले जानकारी दिए ।

सो घटनालाइ अध्ययन,अनुगमन गर्दै आइरहेको समाजले जनाएको छ ।

प्रकाशित मिति : २५ आश्विन २०७८, सोमबार  ६ : ०४ बजे

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता

चिनियाँ पर्यटक लक्षित जनशक्ति विकासका लागि सातौँ संस्करणको भाषा तालिम

काठमाडौं । नेपालमा चिनियाँ पर्यटक लक्षित जनशक्ति उत्पादनका लागि सञ्चालन