११ श्रावण २०८३, सोमबार | July 27, 2026

मुगु बस दुर्घटना अपडेट : अगाडिको टायर पञ्चर भएर भीरबाट खस्यो



मुगु । मुगुको छायाँनाथ रारा नगरपालिका-७ मा यात्रुबाहक बस दुर्घटना मृत्यु हुनेको संख्या ३२ जना पुगेको छ ।

२८ जनाको मुगुमै घटनास्थल तथा उद्धारका क्रममा र ४ जनाको बाँकेमा उपचारका क्रममा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिए ।

‘उपचारका लागि १५ जना बाँकेको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल र कोहलपुर शिक्षण अस्पताल पठाइएको हो । उपचारका क्रममा चारजनाको मृत्यु भएसँगै मृतकको संख्या ३२ जना पुगेको छ,’ उनले भने ।

तीन जनाको नेपालगन्ज मेडिकल कलेजमा पुर्‍याएलगत्तै मृत्यु भएको कलेजका सहनिर्देशक डा. रोमान किडवाईले जानकारी दिए । उनकाअनुसार एक जनाको कोहलपुर शिक्षण अस्पतालमा मृत्यु भएको हो ।

प्रमुख जिल्ला अधिकारी महतकाअनुसार दुर्घटनामा चालकको पनि मृत्यु भएको छ । अहिले मृतकको शवलाई जिल्ला अस्पतालमा राखेर सनाखत भइरहेको छ । ‘शवहरु अस्पतालमा आफन्त आएर पहिचान गरिरहेका छन्,’ उनले भने ।

नेपालगन्जबाट सदरमुकाम गमगढी आउँदै गरेको बस मंगलबार अपराह्न पिना झ्यारीखोलामा दुर्घटना भएको थियो ।

बसको चालक साइडको पाग्रा पञ्चर भएर अनियन्त्रित भई भीरमा खसेर दुर्घटना भएको महतले बताए । ‘पञ्चर भएपछि बस बल्ड्याङ्ग खाँदै करिब २ सय मिटर तल खसेको थियो,’ उनले भने, ‘बस स्पिडमा थिएन । टायर पञ्चर भएर अनकन्ट्रोल भई खसेको हो ।’

बसमा चालक/सहचालकसहित ४५ जना सवार थिए ।

प्रकाशित मिति : २६ आश्विन २०७८, मंगलबार  ९ : ३६ बजे

तीनवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसदअन्तर्गतका विभिन्न तीन समितिको बैठक आज बस्दैछ

विश्वकप लिग-२ : नेपाल आज नामिबियासँग भिड्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक

सुनसरीको देवानगञ्ज र हरिनगर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका र हरिनगर गाउँपालिकाका केही संवेदनशील

साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको घुइँचो

काठमाडौं । साउन महिनाको दोस्रो सोमबार आज भगवान् शिवको आराधना

सुनसरी तनावग्रस्त : झडप नियन्त्रण गर्न प्रहरीले गोली चलाउँदा एकको मृत्यु, २२ जना घाईते

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्ज बजारमा साउने सोमबारको बोलबम