२३ बैशाख २०८१, आइतबार | May 5, 2024

दशैं र खानपान : मासु त खाउँ, तर होस पुऱ्याउँ



हिन्दु नेपालीहरुको महान् पर्व दशैंमा विशेष गरी चिल्लो भएका खानेकुरा तथा मासुका विभिन्न परिकार खाने चलन छ । जसले गर्दा दशैं मनाउन भनेर आएका आफन्तजन र पाहुनाहरू बिरामी भएर अस्पताल भर्ना हुनुपर्ने अवस्थासमेत आउने गरेको छ । मासुका परिकारको सावधानीपूर्वक र सन्तुलित प्रयोग गर्न र ताजा मासु खान आवश्यक रहेको चिकित्सकहरुले बताउँछन् ।

गच्छे अनुसार मिठो मसिनो खाएर दशैं मनाउने नेपालीको परम्परै हो । परम्परा अवश्य पनि धानिँदैछ यसपटक पनि । त्यसो त, अपवादबाहेक नेपाली समाजमा मासुविनाको चाडबाड कल्पनासमेत गर्न सकिंदैन । नेपालीको महान् चाड दशैंमा शाकाहारीबाहेक मासु नखाने कमै होलान् । नहुनेले ऋण गरेरै भए पनि दसैंमा मासु खानैपर्छ भन्ने मान्यता राख्छन् । अन्य समय त छदै छ तर चाडबाडमा मासु अत्यधिक खाने प्रचलन नयां भने होइन । तर, मासु कति, कसरी र कस्तो खाने भन्ने सन्दर्भमा नेपाली त्यति सचेत छैनन् ।

दशैमा विशेष गरी चिल्लो तथा मासुका विभिन्न परिकार बनाएर खाने चलन छ । जसले गर्दा दशैं मनाउन भनेर आएका आफन्तजन र पाहुनाहरू बिरामी भएर अस्पताल भर्ना हुनुपर्ने अवस्थासमेत आउने गरेको छ । मासुमा १४ देखि २० प्रतिशतसम्म प्रोटिन पाइन्छ । यसमा जिङ्क, भिटामिन बी, पोटासियमजस्ता तत्व पनि पाइन्छन् । सन्तुलित भोजनमा मासुको प्रयोग अनिवार्य नै मानिन्छ ।

तर, मासुलाई राम्रोस“ग सुरक्षित ढङ्गले राख्न नजानेमा त्यही मासुबाट विभिन्न किसिमका रोग उत्पन्न हुने, सर्ने खतरा हुनसक्छ । त्यसकारण दशैंमा मासुका परिकारको सावधानीपूर्वक र सन्तुलित प्रयोग गर्न आवश्यक रहेको डाक्टर निरज सिंह बताउँछन् ।

नेपालका मासुपसलमा हुने गरेको लापरबाहीका कारण मानिसमा धेरैजसो ब्याक्टेरियाको सङ्क्रमण हुने गरेको छ । फोहोर वधशाला, मासुको तयारी तथा खानपानमा पर्याप्त ध्यान नदिँदा विभिन्न किसिमका ‘फ्लू’ तथा सरुवा रोग सर्ने माध्यम हुन सक्ने खतरा हुन्छ । त्यसैले मासु फ्रिजमा माइनस डिग्रीमा अलग–अलग गरी छोपेर सफा र चालू फ्रिजमा राखेको खान उपयूक्त हुने डा. सिंह बताउँछन् ।

मानिसहरु पनि दसैं नै हो भनेर जथाभावी मासु किन्ने र अध्याधिक मात्रामा खाने गर्दछन् । यसरी मासु खानु नितान्त गलत हो । दशैंमा नेपालीको भान्सामा विशेषगरी रातो मासु पाक्ने भएकाले त्यस्ता रातो मासु धेरै खाँदा स्वस्थ मानिसलाई पनि असर पुग्छ भने रोगीलाई झनै बढी असर पुर्याउँछ ।

मासुका साथै चाडबाडका बेला खाइने चिल्ला, मसालेदार खानेकुरा, मिठाई, मद्यपान र धूम्रपानले नसर्ने रोगको सम्भावना बढाउन सक्छ । अस्पतालमा पनि चाडपर्वकै बेला बिरामीको संख्या निकै नै बढ्छ ।

अनियन्त्रित खानपानले खासगरी मुटु, कलेजो, मिर्गौला, फोक्सोमा समस्या देखिनुका साथै मनोरोग लाग्न सक्ने चिकित्सकको भनाई छ । अधिक बोसोयुक्त मासु, मद्यपान र धूम्रपान गर्नु अल्पकालीन तथा दीर्घकालीन मुटु रोगलाई निम्तो दिनु हो । मुटुमा असर बढ्दै जाँदा यसको असर शरीरका अन्य भागमा पनि देखिन्छ । दशैं–तिहारपछि धेरैको शरीरमा युरिक एसिडको मात्रा ३० देखि ४० प्रतिशत बढ्ने गरेको पाइने डाइटिसियनहरु बताउँछन् यसबाहेक विभिन्न किसिमका समस्या आउन सक्छ ।

चाडबाडका बेला मात्र मद्यपान गर्नेलाई अल्पकालीन र अरू बेला पनि गर्नेलाई दीर्घकालीन स्वास्थ्य समस्या देखा पर्छ । मुटुको चाल गडबडी हुदा मुटुभित्र रगत जमेर मस्तिष्कघात समेत हुनसक्छ । मद्यपानले खाने नली र पेट बीचको जङ्सन च्यातिन्छ । त्यसको असर मस्तिष्कमा समेत पदर्छ ।

मध्यपानसँगै बासी र बढी बोसोयुक्त मासु शरीरले पचाउन नसक्दा त्यसको असर मिर्गौलामा पर्छ । मिर्गौला कमजोर बनाउ“छ, फलस्वरुप पाचन क्षमता घट्छ । चाडबाडमा साकाहारीले पनि बढि मात्रामा खाने सेलरोटी, फिनी, अनरसा आदिमा चामल, मैदा, घिउ, तेल र चिनीको मात्रा बढी हुन्छ । अरू बेला थोरै खाए पनि हुने तर चाडबाडमा मन लागे जति खानुपर्छ भन्ने गलत मानसिकताका कारण यो बेला पेटका बिरामी बढ्ने गरेको देखिन्छ । खानामा सन्तुलन नमिलाउँदा फूड पोइजनिङको समस्या पनि हुन्छ ।

सन्तुलित खानपानमा संयमता नै समस्याबाट बच्ने एकमात्र उपाय हो । चिकित्सकहरू सन्तुलित भोजनलाई यसको सूत्र मान्छन् । चिल्लो मसेलेदार खानेकाुरा माछा, मासु, मदिरा र ड्राइफूड कम खानु, रातो मासु कम खानु नै रोगको प्रवेश रोक्नु हो ।

प्रकाशित मिति : २७ आश्विन २०७८, बुधबार  ११ : ४६ बजे

काठमाडौंको वायु अझै अस्वस्थ

काठमाडौं आज फेरि काठमाडौं वायु प्रदूषणको हिसाबले विश्वकै दोस्रो स्थानमा

मुख्यमन्त्री सोडारीको विश्वासको मत थप अन्योलमा

काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री दिर्घबहादुर सोडारीले विश्वासको मत लिने विषय

काठमाडौं आइपुगिन् जापानकी विदेशमन्त्री योको

काठमाडौं। जापानकी विदेशमन्त्री खामिखावा योको एक दिने भ्रमणका लागि काठमाडौं

पटकपटक हेर्न नभ्याइनेमा पर्दैआएको सन्दीपको मुद्धा आज ‘हेर्न नमिल्ने’मा

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज पनि ुहेर्न नमिल्नेमा

उच्चस्तरीय भ्रमणले घनिष्ट हुँदैछ नेपाल-जापान सम्बन्ध

काठमाडौं । जापानका विदेशमन्त्री कामिकावा योको आज नेपालको औपचारिक भ्रमणमा