३ जेष्ठ २०८१, बिहिबार | May 17, 2024

गुल्मीको छत्रकोटमा पैचो नमुना कृषि उत्पादन केन्द्र सञ्चालनमा



गुल्मी । पैचो पसल प्रालीले गुल्मीको छत्रकोटमा पैचो नमुना कृषि उत्पादन केन्द्र सञ्चालनमा ल्याएको छ ।

छत्रकोट गाउँपालिका वार्ड नं. ५ खज्र्याङ्गमा करिब ६० रोपनीमा आधुनिक प्रविधिको प्रयोग गरी टमाटर खेती शुभारम्भ गरी नमुना कृषि उत्पादन केन्द्र संचालनमा आएको हो ।

सोमबार (वैशाख १७ गते) एक कार्यक्रमका बीच छत्रकोट गाउँपालिकाका प्रमुख रामप्रसाद पाण्डेले सो नमुना केन्द्रको शुभारम्भ गरेका छन् ।

कृषिलाई चक्लाबन्दी संरचनामा लगेर व्यवसायिक उत्पादन गर्न पैचो नमुना कृषि उत्पादन केन्द्र सञ्चालनमा ल्याएको सो कम्पनीले जनाएको छ ।

कार्यक्रमको शुभारम्भ गर्दै गाउँपालिकाका अध्यक्ष पाण्डेले पैचोले राम्रो कामको सुरुवात गरेकोमा खुशी व्यक्त गरे । पाण्डेले भने, ‘बाँझो जग्गामा काम गर्न हामीले गर्न खोजेका थियौं । तर हामीले सकेनौं पैचोले काम गरेकोमा धन्यवाद दिनुपर्छ । यो सबैले आएर सिक्न जरुरी छ ।’ अध्यक्ष पाण्डेले भने, ‘आजसम्म बजारीकरणमा मात्र रहेको पैचोले उत्पादानमा सहभागी भैरहेकोमा वन्जर र रुखो क्षेत्रमा समेत यस्तो राम्रो काम गरेर कृषिको व्यवसायिकण गर्न लागेकोमा म खुशी भएको छु ।

 

यस्तै, कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज नवराज भण्डारीले पैचोले सराहनीय काम गरेको बताए । उनले पैचोको एकीकृत उत्पादन मोडलले अरु व्यवसायिक किसानलाई पनि हौसला थप्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा नमुना कृषि केन्द्रबारे जानकारी दिँदै पैचोका प्रबन्ध निर्देशक धु्रवराज न्यौपानेले प्रथम चरणमा छत्रकोट गाउँपालिका वार्ड नं. ५ खज्र्याङ्गमा करिब ६० रोपनीमा आधुनिक प्रविधिको प्रयोग गरी टमाटर खेती शुभारम्भ गरिएको बताए ।

‘दरबार गाउँपालिका वार्ड नं ०३ पुर्खेमा करिब १५० रोपनी तथा मुसिकोट नगरपालिका वार्ड नं ५ आँपचौरमा करिब ३०० रोपनी जग्गा भाडामा लिएर एकीकृत कृषि फर्म सञ्चालनमा ल्याएका छौ ।’ प्रबन्ध निर्देशक न्यौपानेले भने, ‘उक्त ३ स्थानमा जग्गा व्यवस्थापन, सिँचाई प्रणालीको स्थापना गर्न करिब १ करोड ५० हजार पुँजीगत लागत लाग्ने अनुमान गरिएको छ ।’

नेपालका पहाडी तथा हिमाली भूभागमा कृषि उत्पादनमा सम्भावना तथा त्यसको खोजी, पहाडमा प्राकृतिक रुपमा उत्पादन भएका कृषि उपजको उत्पादकत्व वृद्धि, बजारीकरण गर्दै ग्रामीण अर्थतन्त्रलाई सशक्त बनाउने उद्देश्यसहित ९ वर्ष अघि पैचो पसल स्थापना भएको थियो ।

बढ्दो बसाईसराई कम गर्न, कृषिको सम्भावनाको खोजी, प्रविधिको हस्तान्तरण, न्यून सञ्चालन लागत तथा स्थानीय रोजगारीको सृजना यस नमुना उत्पादन केन्द्रको मुख्य उद्देश्य रहेको प्रबन्ध निर्देशक न्यौपानेले बताए ।

तोयनारायण ज्ञवालीको सभापतित्वमा भएको सो कार्यक्रमको संचालन केशवराज न्यौपानेले गरेका थिए भने सहभागीहरुलाई धातानन्द भण्डारीले स्वागत गरेका थिए ।

पैचोले गुल्मी पाल्पा लगायतका पहाडी उच्चपहाडी जिल्लाका किसानले उत्पादन गरेका कृषि उपजलाई खरिद गर्दै रिडीमा रहेको प्रशोधन केन्द्रमा प्रशोधन गर्दै बजारीकरणको काम गर्छ । प्रशोधन केन्द्रमा केचअप, सस, जाम, अचार, चुक लगायतका वस्तु उत्पादन एवं प्रशोधन गर्ने गरिएको छ । पैचोद्वारा उत्पादित खाद्य सामाग्रीहरु नेपालभर विक्री हुन्छ । यस्तै अमेरिका, जापान, अष्ट्रेलिया, यूएई, कतार लगायतका देशमा निर्यात हुँदै आएको छ ।

पैचोले गुल्मी, अर्घाखाँची, पाल्पामा कृषि उपजको संकलन तथा बजारीकरणका गर्न १३ वटा आफ्नै शाखा तथा १२ वटा फ्रेन्चाईज र रिडीमा अत्याधुनिक प्रशोधन केन्द्र संचालन रहेका छन् । ४८ जना शेयर सदस्य रहेको पैचोले तीनसय जनालाई प्रत्यक्ष रोजगारी तथा हजारौंलाई अप्रत्यक्ष रोजगारी दिइरहेको छ । पैचोले २५ हजार कृषकसँग काम गरिरहेको छ । ‘हालसम्म ५० करोडको लगानी गरिसकेको र अब थप लगानी विस्तार गर्दै आईपीओमा जाने योजनामा रहेका छौं’, न्यौपानेले बताए ।

 

प्रकाशित मिति : १७ बैशाख २०८१, सोमबार  ९ : २४ बजे

पर्यटकीयस्थल रारामा प्लास्टिकजन्य वस्तु छोड्न नपाइने

मुगु । सुन्दर पर्यटकीयस्थल रारा घुम्ने पर्यटकले अब प्लास्टिकजन्य वस्तु

पत्रकार महासंघका पूर्व महासचिव केसीकी आमाको निधनको शोकमा श्रद्धाञ्जली सभा

नेपालगन्ज । नेपाल प्रेस युनियनका नेता, नेपाल पत्रकार महासंघका पूर्व

संसद् कांग्रेसको तरुण क्लब होइन : योगेश भट्टराई

काठमाडौं । सत्तारूढ दल नेकपा (एमाले)का सांसद योगेश भट्टराईले संसद्‌लाई

कांग्रेसले बोलायो संसदीय दलको बैठक

काठमाडौं । नेपाली कांग्रेसले शुक्रबार बिहान बस्ने गरि संसदीय कार्यसमिति

सभामुखका कारण संसदमा अप्रिय अवस्था निम्तियो : कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सभामुख देवराज घिमिरेका