११ श्रावण २०८३, सोमबार | July 27, 2026

रोजगारी सिर्जना र उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्नेमा लुम्बिनी प्रदेशका व्यवसायीको जोड



बुटवल । रोजगारीको सिर्जना, उत्पादनमूलक क्षेत्रको विस्तार र सक्रियता, लगानीमैैत्री वातावरण र निर्यात प्रवद्र्धन नै मुलुकको प्रमुख लक्ष्य भएको सरोकारवालाले बताएका छन् । नेपाल उद्योग व्यवसाय महासंघ लुम्बिनी प्रदेश कमिटी र रुपन्देही जिल्ला समितिको संयुक्त आयोजनामा बडा दसैंकोे शुभकामना आदानप्रदान र समयसामयिक विषयमा बुटवलमा गरिएको अन्तरक्रिया कार्यक्रम मा बोल्ने वक्ताहरुले कोेरोना भाइरसको विश्वव्यापी महामारीले थलिएको अर्थ व्यवस्थालाई पुनःउत्थान गर्न जरुरी रहेको बताउँदै यसको प्रभावले समस्याग्रस्त उद्योगी व्यवसायीहरुलाई राहत र सहुलीयतको खाँचोे रहेकोे उल्लेख गरे ।

उनीहरुले महामारीले अति प्रभावित भएका सार्वजनिक यातायातको क्षेत्र, पर्यटन तथा सेवामूलक व्यवसायका क्षेत्रलाई नोक्सानीको मूल्यांकनका आधारमा राज्यले नै विशेष राहत प्याकेजको घोषणा गर्न माग गरे ।

बडा दसैैंकोे अवसर पारेर गरिएको उक्त संयुक्त कार्यक्रममा बोल्दै नेकपा एमालेका लुम्बिनी प्रदेश कमिटी अध्यक्ष तथा लुम्बिनी प्रदेश सरकारका पूर्व उद्योेग, वन, पर्यटन तथा वातावरणमन्त्री लिला गिरीले समृद्धि र खुशहालीकोे राष्ट्रिय संकल्पलाई साकार पार्ने भूमिकालाई अझ प्रभावकारी बनाउन व्यवसायीहरुलाई आग्रह गरे ।

उक्त कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा रुपन्देही सह–इन्चार्ज दधिराम न्यौपाने, राष्ट्रियसभा सदस्य तथा एमाले नेता गोपाल भट्टराई, संविधानसभा सदस्य तथा एमाले नेता नेत्र पन्थी, एमाले नेता तथा लुम्बिनी प्रदेश सरकारका पूर्वमन्त्री भोजप्रसाद श्रेष्ठले उत्पादनमूलक क्षेत्रमा ध्यान दिन र व्यापक रोजगारी सिर्जना गर्नेतर्फ केन्द्रित हुन महासंघलाई आग्रह गरेका छन् ।

एमालेका जिल्ला नताहरु तेजेन्द्र के.सी, गोपाल राना, महासंघका सहसंयोजक भास्कर काफ्ले, जिल्ला इन्चार्ज मोतीलाल पाण्डेयलगायतले महासंघको संस्थागत विकास, संगठन विस्तार, सुदृढिकरण र लगानीमैत्री वातावरण निर्माणका लागि एकताबद्ध अभियान र सहकार्यकोे खाँचोे रहेकोमा जोड दिएका थिए ।

महासंघका लुम्बिनी प्रदेश संयोजक माधव नेपालको अध्यक्षतामा भएको कार्यक्रमकोे संचालन महासंघका प्रदेश सचिव केशवराज पन्थीले र धन्यवाद उपाध्यक्ष नारायणप्रसाद भण्डारीले गरेका थिए।

कार्यक्रममा बोल्ने वक्ताहरुले लगानीकर्तालाई आकर्षित र सुरक्षित अनुभूति गराउन सहुलीयतपूर्ण लगानी प्रक्रियालाई थप सरल, सहज र प्रभावकारी बनाउन माग गरेका थिए । साथै उनीहरुले बैक तथा वित्तीय संस्थाले विभिन्न शिर्षकमा लिनेगरेका सेवा शुल्कलाई पुनरावलोकन गर्न महासंघले माग गर्दै आएको र्काक्रममा जानकारी ििदइएको थियो ।

एकातिर न्यून बिजकीकरणको मार र अर्कोतिर भन्सार मूल्याकंन तथ्यपरक नहुँदा व्यवसायीहरुले झेल्नुपरेका समस्या एवम् राज्यले व्यहोर्नु परेको आर्थिक नोक्सानीलाई यथाशीघ्र समाधानको लागि पहल गर्न ढिलाई भइरहेको महासंघका प्रदेश अध्यक्ष नेपालको भनाइ छ ।

प्रकाशित मिति : २७ आश्विन २०७८, बुधबार  ३ : २४ बजे

क्यान्सर अस्पतालमा कुरुवाघर संचालनमा आउँदै

नेपालगन्ज । बाँके स्थित खजुरा क्यान्सर अस्पतालमा उपचार गर्न आउने

भक्तपुरबाट पक्राउ परे एमबिएसको प्रश्नपत्र सार्वजनिक गर्ने व्यक्ति

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायतर्फ एमबिएस प्रथम सेमेस्टरको ‘अर्गनाइजेशनल

जमुनाह नाकामा ‘बीआइटी’ टोली परिचालन

नेपालगन्ज । भारतसँग सीमा जोडिएको नेपालगन्जस्थित बाँकेको जमुनाह सीमा नाकामा

निर्मला पन्त प्रकरणका आठ वर्ष पूरा : अनुसन्धान अधुरै

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला

खजुरा क्यान्सर अस्पतालमा एउटै छानामुनी सम्पूर्ण डायग्नोसिस सेवा

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले