५ भदौ २०८३, शुक्रबार | August 22, 2026

विद्यालयहरुमा खेलकुदलाई आधारभूत तथा अनिवार्य विषयका रुपमा समावेश गरिने खेलकुद मन्त्री ‘अथक’को घोषणा



नेपालगन्ज । संघिय सरकारका यूवा तथा खेलकूद मन्त्री महेश्वर गहतराज ‘अथक’ले खेलकुदको विकास र देशको समृद्धिका लागि विशेष नीति बनाएर काम गर्ने प्रतिवद्धता जनाएका छन् ।

मन्त्री बनेपछि पहिलो पटक आफ्नो निर्वाचन क्षेत्र बाँकेको कोहलपुरमा आएका मन्त्री गहतराजले नेपालको खेल क्षेत्रलाई अन्र्तराष्ट्रिय स्तरमा प्रतिस्पर्धात्मक बनाउनका लगि मन्त्रालयले विशेष नीति बनाउने बताए । उनकै निर्वाचन क्षेत्रको नेकपा माओवादी केन्द्रले राखेको बधाई तथा स्वागत कार्यक्रममा बोल्दै मन्त्री गहतराजले मन्त्री रहँदा सम्म राम्रो गर्ने प्रयास गर्ने तर राम्रो काम गर्न नसक्दा नराम्रो काम नगर्ने प्रतिबद्धता जनाए ।

उनले आफु मन्त्री बनेपछिको पहिलो निर्णय नै कोहलपुरमा महिला क्रिकेट एकेडेमी बनाउने निर्णय गरेको स्मरण गर्दै कोहलपुर क्षेत्र महिला क्रिकेटको उर्जर भूमि भएकाले भौतिक संरचना निर्माणका लागि बजेटको व्यस्थापन गर्ने आश्वासन दिए ।

उनले प्रत्येक विद्यालयहरुमा खेलकुदलाई आधारभूत तथा अनिवार्य विषयका रुपमा समावेश गर्ने लक्ष्यका साथ काम गर्ने जनाउँदै खेल क्षेत्रलाई देशको विकास र समृद्धिसँग जोड्ने समेत बताए ।

 

प्रकाशित मिति : २७ आश्विन २०७८, बुधबार  ७ : ४५ बजे

सुन सफा गर्ने बाहनामा ठगी गर्ने चार जना भारतीय पक्राउ

म्याग्दी । मालिका गाउँपालिका–६ ढाँडखर्कमा सुन सफा गर्ने बाहनामा ठगी

उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कारलाई निरन्तरता दिँदै महासङ्घ रुपन्देही

बुटवल । नेपाल पत्रकार महासङ्घ रुपन्देहीको समन्वयमा उत्कृष्ट वातावरण पत्रकारिता

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सम्पन्न

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

बाँदर धपाउने क्रममा लडेर एक जनाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा आज एक जना

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

दाङ । दाङमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्रवाहको समय परिवर्तन गरिएको