२५ चैत्र २०८२, बुधबार | April 8, 2026

१०३ घर परिवारलाई एउटै मात्र पानी धारो !



म्याग्दी । देशैभर ‘एक घर एक धारो’ कार्यक्रमले व्यापकता पाइरहेको समयमा म्याग्दीको पुरण्य गाउँ वासीका लागि एउटा मात्रै धारोले काम चलाउनु पर्ने बाध्यता छ ।जिल्लाको बेनी नगरपालिका वडा नं ५ स्थित सो गाउँमा १०३ दलित परिवारको वसोवास छ । ती परिवारका चारसय भन्दा बढी सदस्यले गाँउका बीचमा रहेको एउटा मात्र धारोबाट गुजारा चलाउँदै आएको वर्षौ बितिसकेको छ ।

सो गाउँमा दलितको मात्रै वस्ती रहेको छ । सो गाउँमा विहान उठेदेखि रातिसम्म पानीको मात्रै चिन्ता हुनेगरेको बताइएको छ । अन्य समयमा भन्दा बिहानको समयमा यहाँका गृहिणीहरुलाई सास्ती हुनेगरेको ६८ वर्षिया कालिका दर्जीले गुनासो गरिन्। “बिहान ४ बजेदेखि नै यहाँ भीड लाग्छ”, बुधबार दिउँसो धारामा पानी भर्न आउनुभएका उनले भनिन, “११ वर्षमा बिहे भएर यो गाउँमा आएकी हुँ,त्यतिबेलादेखि नै खानेपानीको समस्या जस्ताको यस्तै छ ।”

दर्जीको जस्तै समस्या यस गाउँका सबै गृहिणीले भोग्दै आएका छन् । एक गाग्री पानी भर्नको लागि एक घण्टा नै लाइनमा बस्नु पर्ने बाध्यता भएको स्थानीय महिला पार्वती दर्जीले गुनासो गर्छिन्। “घरको अरु काम गर्नै भ्याइदैन,विहान धारामै वित्छ,काममा जाने लोग्नेमान्छे र विद्यालय जाने केटाकेटीहरुलाई खाना पकाएर खुवाउन ढिला हुन्छ,अनि गाली आफूले खानुपर्छ” उनले भनिन, “अरु गाउँका घरघरमा धारा छन्,हाम्रो गाउँमा गाउँभरीकै मान्छेका लागि जम्मा एउटा धारो छ ।”

यस गाउँमा पानीकै कारण झगडा समेत हुने गरेको पुलाचौरका बुद्धिजीवि शिव बानियाँले जानकारी दिए । “एउटा मात्रै धारो,१०३ घर परिवार,पानी भर्नका लागि तछाँडमछाड त हुने नै भयो, अनि शुरु हुन्छ झगडा,मेरो पालो भन्दै एक जना अघि बढे पछि अर्को पछि हट्ने कुरै भएन,सबैलाई छिटो पानी भरेर घरको काम सक्ने हतारो हुन्छ । यहाँ पानीकै कारण दैनिक झगडा समेत हुने गरेको छ ” बानियाँ भन्छन् ।

बाक्लो बस्ती भएको यस गाउँलाई चुनावका बेला भने राजनीतिक दलका नेताहरुबाट खुब मीठामीठा आश्वास मिल्ने गरेका तर ती आश्वासन कहिल्यै पनि वास्तविकतामा परिणत हुन नसकेको स्थानीय अगुवा यामबहादुर दर्जीले बताए। “हामी जहिल्यै पनि राजनीतिक दलहरुका लागि भोट बैंकको रुपमा प्रयोग भयौं, दलित भएकै कारण सवै राजनीतिक दलहरुबाट हेपिदै आएका छौं,अहिलेसम्म चुनावको बेला आश्वासन बाहेक अरु केही पाउन सकेनौं” उनले भने, “चुनाव सकियो भने यो गाउँमा नेताहरुले नाकमुखै देखाउँदैनन् ।”

जिल्लास्थित राजनीतिक दलहरुले मात्रै होइन स्थानीय तहका जनप्रतिनिधिहरुले समेत यस गाउँलाई वेवास्ता गर्ने गरेको उनीहरुको आरोप रहेको छ । “हाम्रो भोटले नै जितेर गएका जनप्रतिनिधिले चुनावको बेला बाहेक अरु समयमा हामीलाई फर्केर पनि हेर्दैनन्,खानेपानी र मोटरबाटोको मर्मतका लागि कति पटक यहाँका जनप्रतिनिधिलाई भन्यौं तर सुनेको नसुन्यै गरे” स्थानीयवासी लालबहादुर परियारले भने ।

बेनी नगरपालिकाले खानपानी समस्या समाधान गर्न उच्च प्राथमिकता दिएको जनाएको छ । वडा नंका ५ का वडाध्यक्ष लक्ष्मण बानियाँले भने, “पुरण्यमा खानेपानीको समस्या छ, तर खानेपानीको स्रोतका अभावमा त्यो समस्यालाई सम्बोधन गर्न सकिएको छैन उनीहरुलाई वेवास्ता गरेको भन्ने कुरै आउँदैन, श्रोतको खोजी भैरहेको छ, केही समय पछि उहाँको समस्या समाधानका लागि प्रयास शुरु हुने छ । ”

प्रकाशित मिति : २८ आश्विन २०७८, बिहिबार  ११ : २६ बजे

संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठक सम्पन्न, सहमतिको आधारमा अघि बढ्ने निर्णय

काठमाडौं । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको पहिलो बैठक

बुटवलमा स्वरूप परिवर्तन गरी ग्राहक ठग्ने ९ ओटा मालवाहक सवारी नियन्त्रण

बुटवल । इलाका प्रहरी कार्यालय बुटवलले स्वरूप परिवर्तन गरी ग्राहक

अन्तर रोटरी, रोटयाक्ट क्लबस्तरीय भलिबलको तयारी पुरा

बुटवल । रोटरी र रोट्याक्ट क्लबहरु बिचमा खेलमार्फत भातृत्व विकास

बढ्यो सार्वजनिक यातायात भाडा, कहाँ जाँदा कति लाग्छ भाडा ? (सूचीसहित)

काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडा दर बढाउन सहमति दिएसँगै