६ भदौ २०८३, शनिबार | August 22, 2026

भक्तपुरमा खःमेय जात्रा सम्पन्न



भक्तपुर । भक्तपुरमा खःमेद द ब्याकेगु ‘राँगो दौडाउने जात्रा’ सम्पन्न भएको छ । भक्तपुरको नवदुर्गा मन्दिरमा पालेर राखेको ठूलो राँगो खम्येलाई दौडाएर उल्लास मय रुपमा मनाइने यो जात्रा बिहीबार राति सम्पन्न भएको हो ।

राँगोलाई भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरबाट निकालेर भक्तपुर ब्रम्हायणी मन्दिरसम्म दौडाइन्छ । महिषासुरको प्रतीक खम्ये९राँगो०लाई अन्तमा भक्तपुर नगरको पूर्वमा अवस्थित ब्रम्हायणीमा पुर्‍याइन्छ । त्यहाँको खोलामा पानीले छ्यापेर नुहाइदिएपछि नवमी कालरात्रीमा त्यहीँ वध गरिन्छ । खःमेय्लाई युवाहरुले दौडाएर ब्रम्हायणी पीठमा लगेका थिए । दौडाउनु अघि राँगालाई रक्सी, जाड खुवाइन्छ । मातेको राँगोलाई हुलका हुल मानिसले दौडाउने गर्छन् ।

महिषासुररुपी राँगो नवमीसम्म मन्दिरमै पालिन्छ । यसअघि राँगोलाई प्रत्येक वर्ष घण्टाकर्ण चतुर्दशीदेखि नागपञ्चमीको बीचमा नवदुर्गा देवता घरमा भित्राइन्छ । खम्ये पालिराखेको यो मन्दिरमा प्रत्येक वर्ष विजया दशमीको दिन राष्ट्रप्रमुख ‘राष्ट्रपति’ दर्शनका लागि आउने चलन छ । राँगो व्यक्तिले पैसा हालिदिएर भित्राइन्छ । महिषासुरको प्रतीकका रुपमा जात्राका लागि मन्दिरमा चढाउने राँगो ठूलो र पूरै कालो हुनुपर्छ ।

यसका लागि सधैं तलेजु मन्दिरका पदाधिकारीको संलग्नतामा विभिन्न ठाउँमा भनेजस्तो राँगो खोजिन्छ र आवश्यक पैसा इच्छाएको व्यक्तिले राखिदिने चलन छ । भगवानलाई चढाएपछि पुण्य पाइने भएकाले भाकल गरी भक्तालुले पैसा तिरेर राँगो चढाइदिने चलन छ । वर्षेनी यसैगरी श्रद्धालु भक्तजनले राँगो जात्राका लागि राँगो दिने गरेका छन् ।

प्रत्येक वर्ष राँगो किनेर नवदुर्गा मन्दिरमा चढाउन प्रतिस्पर्धाजस्तै हुन्छ । चढाउन चाहने भक्तजनले क्रमबद्ध रुपमा राँगो चढाउन सक्ने व्यवस्था नवदुर्गा मन्दिरमा मिलाइएको छ ।

नवदुर्गा भवानीलाई चढाइने खःमेय्को टाउकोमा २ दुई चक्कर सहित शरीरमा सातवटा चक्र भएको, निख्खर कालो, पुच्छर घुँडाभन्दा तलसम्म आएको, सिङ अगाडि फर्केको, कानमा कुनै खोट नभएको, शरीरभरी कुनै घाउचोट नलागेको, कम्तिमा पनि एकसय धार्नी तौल भएको मोटो चाहिन्छ ।

खःमेय्को मासुको सुकुटी बनाई, धुलो पारेर ध्यूमा मुछी लक्ष्मीपूजाको दिनमा धुप बालेमा लक्ष्मी कृपा मिल्नुका साथै घरको नकारात्मक शक्ति नाश हुने र लक्ष्मी कृपा मिल्ने जनविश्वास रहेको छ ।

प्रकाशित मिति : २९ आश्विन २०७८, शुक्रबार  ७ : १२ बजे

सुन सफा गर्ने बाहनामा ठगी गर्ने चार जना भारतीय पक्राउ

म्याग्दी । मालिका गाउँपालिका–६ ढाँडखर्कमा सुन सफा गर्ने बाहनामा ठगी

उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कारलाई निरन्तरता दिँदै महासङ्घ रुपन्देही

बुटवल । नेपाल पत्रकार महासङ्घ रुपन्देहीको समन्वयमा उत्कृष्ट वातावरण पत्रकारिता

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सम्पन्न

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

बाँदर धपाउने क्रममा लडेर एक जनाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा आज एक जना

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

दाङ । दाङमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्रवाहको समय परिवर्तन गरिएको