१७ बैशाख २०८१, सोमबार | April 29, 2024

ससुरालीबाट टिका थापेर घर फर्कनेक्रममा लडेर मृत्यु



खोटाङ । खोटाङमा ससुरालीबाट टिका थापेर घर फर्कनेक्रममा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-३ बाम्राङस्थित ससुराली घरमा टिका लगाएर घर फर्कनेक्रममा संखुवासभाको चैनपुर नगरपालिका-८ चैनपुरका ४९ वर्षीय लेखबहादुर राउतको मृत्यु भएको हो ।

राउतको शुक्रबार बाम्राङकै नंग्रेखोलामा भीरबाट करिब ५० मिटर तल खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी उमेश लम्सालले बताए ।

मादक पदार्थ सेवन गरेका कारण राउत लडेको अनुमान गरिएको छ । राउतको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल दिक्तेल पु(याइएको प्रहरीले जनाएको छ । घट्नाका विषयमा अनुसन्धान अघि बढाइएको डिएसपी लम्सालले बताए ।

प्रकाशित मिति : ३० आश्विन २०७८, शनिबार  ६ : ४४ बजे

अत्यधिक गर्मीका कारण भैरहवामा जनजीवन प्रभावित

भैरहवा । विगत एक सातादेखि बढेको अत्यधिक गर्मीका कारण भैरहवालगायत तराइका जिल्लाको

इलाम अपडेट : सुहाङ ५३ सय मतले अगाडि

काठमाडौं । इलाम क्षेत्र नम्बर-२ मा नेकपा (एमाले)का सुहाङ नेम्वाङले

रहेनन् ‘माइतीघर’ फिल्मका अभिनेता सीपी लोहनी

काठमाडौं । निजी क्षेत्रले निर्माण गरेको नेपालको पहिलो सिनेमा ‘माइतीघर’का

महोत्तरीमा दिनहुँजसो आगलागी

महोत्तरी । जारी वैशाखको दोस्रो साता सुरु भएयता महोत्तरीमा दिनदिनैजसो

रामेछापका वनमा आगो लगाउने व्यक्ति पक्राउ

रामेछाप । रामेछापका विभिन्न सामुदयिक वनमा आगो लगाउँदै हिँड्ने एक