२४ मंसिर २०८२, बुधबार | December 11, 2025

साफ च्याम्पियनसिप २०२१ को उपाधिका लागि आज नेपाल र भारत भिड्दै



काठमाडौं । माल्दिभ्समा जारी साफ च्याम्पियनसिप २०२१ को उपाधिको लागि आज नेपाल र भारत भिड्ने भएका छन् ।

मालेस्थित राष्ट्रिय रंगशालामा हुने फाइनल खेल नेपाली समय अनुसार राति ८ः४५ बजे सुरु हुनेछ । आज दुबै टिम उपाधि जित्ने दाउमा छन् । नेपाल पहिलोपटक साफ च्याम्पियनसिपको उपाधि होडमा पुगेको हो । भारत लिग चरणको विजेताको रुपमा फाइनल पुगेको हो भने नेपाल उपविजेता बन्दै उपाधि भिडन्त तय गरेको हो ।

भारतले समुह चरणमा दुई जित र दुई बराबरीको नतिजा सहित ८ अंक बटुलेको छ । नेपालले २ जित, एक बराबरी र एक हारको नतिजा सहित ७ अंक प्राप्त गरेको छ । नेपाली टोलीको मुख्य खेलाडीको रुपमा अघि बढेका अन्जन विष्ट भने आजको खेल खेल्न नपाउने भएका छन् ।

भारत र बंगलादेशविरुद्धको खेलमा १-१ गरी दुईवटा पहेंलो कार्ड पाएपछि अन्जनले आजको खेल गुमाउन लागेका हुन् । जारी प्रतियोगितामा दुई गोल गरिसकेका अन्जनको अनुपस्थितिले आजको फाइनल खेलमा नेपाललाई घाटा हुन सक्ने अनुमान गरिएको छ ।

भारतका फरवर्ड फारुख चौधरी चोटका कारण र प्रशिक्षक स्टिमाच र अन्य खेलाडी पनि रातो कार्डका कारण मैदान बाहिरै रहनेछन् । खेलअघिको पत्रकार सम्मेलनमा कप्तान किरण चेम्जोङले आजको जीतका लागि पुरानो घाउ बिर्संदै आक्रमक रुपमा खेल्दै इतिहास रच्ने बताएका छन् ।

प्रकाशित मिति : ३० आश्विन २०७८, शनिबार  ७ : ११ बजे

कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिको संयोजकमा सहमहामन्त्री यादव

काठमाडौँ । नेपाली कांग्रेसको क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिको संयोजकमा

कांग्रेस बाँकेबाट सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस

नेपालगन्ज । नेपाली कांग्रेसले बाँकेबाट आगामी फागुन २१ गते हुने

सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति (पूर्णपाठ)

काठमाडौँ । नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति

वहुविवाह आरोपमा डीएसपी मधु नेपाल पक्राउ

बुटवल । नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) मधु नेपार्ल