६ चैत्र २०८२, शुक्रबार | March 21, 2026

आज विश्व खाद्य दिवस मनाइँदै



काठमाडौं । आज (शनिबार) १६ अक्टोबर अर्थात् विश्व खाद्य दिवस । ‘स्वस्थ भविष्यको लागि सुरक्षित खाना’ भन्ने नाराकासाथ शनिबार संसारभर ४१ औँ विश्व खाद्य दिवस मनाइँदै छ । खाद्यान्न संकट तथा भोकमरिविरुद्ध लड्ने संयुक्त प्रतिबद्धताका साथ संसारभर विश्व खाद्यान्न दिवस मनाइन्छ ।

संयुक्त राष्ट्र संघको विशिष्टिकृत निकाय खाद्य तथा कृषि संगठनको प्रस्तावलाई राष्ट्र संघले पारित गरेसँगै सन् १९८१ देखि यो दिवस मनाइँदै आइएको हो ।

खाद्य तथा कृषि संगठनको स्थापना दिवसको अवसर पारेर विश्व खाद्य दिवस मनाइन्छ । खाद्य तथा कृषि संगठन १६ अक्टोबर सन् १९४५ मा स्थापना भएको थियो ।

सन् १९५१ को नोभेम्बरमा नेपालले खाद्य तथा कृषि संगठनको सदस्यता पाएको थियो । नेपालले पनि सन् १९८१ मा ‘उब्जनी बढाऔं, सन्तुलित खाना खाऔँ, बढी जोगाऔँ’ भन्ने नाराकासाथ पहिलो खाद्य दिवस मनाएको थियो ।

नेपाल कृषिप्रधान देश भएर पनि हामी अर्बैँ रुपैयाँ बराबरको धान, चामल, गहुँ, जौ, दलहन जस्ता खाद्यान्नहरू आयात गरिरहेका छौँ । अझ पनि ६० प्रतिशत नेपालीहरू कृषि पेसामा संलग्न भए पनि खाद्यान्नमा आत्मनिर्भर हुन नसक्नुले नेपालको कृषि प्रणाली तथा सरकारको कृषि नीतिलाई गिज्याइरहेको छ ।

सन् १९६० को दशकमा विश्वमा चामल निर्यात गर्ने प्रमुख देशमा नेपाल छैटौँ स्थानमा थियो । तर, अहिले नेपालले अर्बौ रुपैयाँको खाद्यानन आयात गरिरहेको छ ।

जलवायु परिवर्तनले निम्त्याएको खाद्यान्न संकटलाई संसारभर अहिले २१ औं शताब्दिको मुख्य चुनौतीको रुपमा हेरिएको छ । जलवायु परिवर्तनकै काराण संसारका धेरै जसो स्थानमा रहेको स्थानीय अन्नबालीसमेत हराउँदै गएको छ ।

प्रकाशित मिति : ३० आश्विन २०७८, शनिबार  ७ : २० बजे

कांग्रेस बैठकमा उपसभापति शर्माको चुनावी समीक्षा प्रतिवेदन प्रस्तुत (पूर्णपाठ)

काठमाडौं । नेपाली कांग्रेसका उपसपभाति एवं केन्द्रीय निर्वाचन परिचालन समितिका

मन्त्रीहरूद्वारा नयाँ संसद् भवन परिसरमा वृक्षारोपण

काठमाडौँ । सिंहदरबार परिसरमा निर्माणाधीन सङ्घीय संसद् भवन क्षेत्रमा आज

नबिल बैंकद्वारा जनकपुरस्थित मानवसेवा आश्रमलाई सेवा वाहन (अटो) सहयोग

काठमाडौं । नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई सेवा

चट्याङ लागेर गुल्मीका छ जना घाइते

गुल्मी । वर्षासँगै परेको चट्याङ लागेर जिल्लाका विभिन्न स्थानका छ

गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा

घोडेपानी । यहाँको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको घोडेपानीको पाखा गुराँस