३ पुस २०८२, बिहिबार | December 18, 2025

रुकुम पश्चिममा प्रहरी र स्थानीय युवाबीच झडप ७ प्रहरी घाईते



रुकुम पश्चिम । रुकुम पश्चिमको सदरमुकाम खंलगामा प्रहरी र स्थानीय युवाबीच झडप हुँदा ७ जना प्रहरी घाइते भएका छन् । शुक्रबार राति खलँगाको बागबजारमा भएको झडपमा प्रहरी सहायक निरीक्षक कोमलराज बोहरासहित ७ जना प्रहरी घाइते भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक कपिल शाहीका अनुसार घाइते प्रहरी सहायक निरीक्षक बोहरालाई राती नै थप उपचारको लागि नेपालगंज मेडिकल कलेज कोहलपुर लगिएकोमा नेपालगन्जमा उपचार सम्भव नभएपछि काठमाडौं लगिएको छ ।

प्रहरीका अनुसार शुक्रबार राती अन्दाजी नौ बजेको समयमा मुसिकोट नगरपालिका–१ बागबजार नजिकै छेउमा पार्किङ्ग गरी राखेको रा १ ख २३९२ नम्बरको ट्रकलाई ढुंगा र बियरको बोतल प्रहार गरेर सिसा फुटाएको भन्ने सूचनाका आधारमा ढुँगा तथा बियरको बोटल प्रहार गर्ने कार्यमा संलग्न स्थानीय युवालाई नियन्त्रण गर्न खोज्दा झडप भएको थियो । सडकमा हो हल्लागर्नेहरुलाई नियन्त्रण गर्न खोज्दा प्रहरीमाथी नै ढुंगामुढा र बोतल समेत प्रहार गरेपछि मुठभेडको अबस्था सिर्जना भएको प्रहरी निरिक्षक शाहीले बताए ।

प्रकाशित मिति : ३० आश्विन २०७८, शनिबार  ३ : ४३ बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका