२४ बैशाख २०८१, सोमबार | May 6, 2024

टीकाको भोलिपल्ट काठमाडौंमा चहलपहल बढ्यो



काठमाडौं । बडादशैं (विजयादशमी) मा सुनसान प्रायः बनेको काठमाडौँमा दशैंको टीकासँगै चहलपहल बढेको छ । दशैंको टीकाको दोस्रो दिन आज पनि आफन्त तथा मान्यजनबाट टीका र जमरा लगाई आशीर्वाद लिने क्रम जारी रहेको छ । विजयादशमीको टीकाको दिनदेखि कोजाग्रत पूर्णिमासम्म दसैँको टीका लगाउने चलन छ ।

काठमाडौं उपत्यकामा पनि दशैंको टीका लगाउन आफन्त तथा मान्यजनकहाँ पुग्ने सर्वसाधरणको आवतजावत बाक्लो रुपमा देखिएको छ । यो पटकको दशैंमा विगतका वर्षभन्दा केही बढी सङ्ख्यामा सवारी साधन सञ्चालन भएकाले पनि सर्वसाधरणलाई राहत भएको छ ।

उपत्यकामा पातलो सङ्ख्यामा भए पनि खाद्यान्न, दूध तथा तरकारीका पसल खुलेका छन् । तुलनात्मक रुपमा आज सडकमा सवारी साधन बाक्लो सङ्ख्यामा चलेका देखिन्छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार आज पनि काठमाडौँ उपत्यकामा दशैंको टीका र आशीर्वाद थाप्न जानेको चहलपहल बाक्लै छ । टीकाको पहिलो दिनभन्दा आज केही बढी सवारी साधन चलेका छन् । सवारीको चहलपहल बढे पनि सडकमा जामको चाप भने नरहेको ट्राफिक प्रहरीको भनाइ छ ।

ट्राफिक बत्तीका कारण पनि ट्राफिक व्यवस्थापनमा सहज भएको प्रहरीले जनाएको छ । उपत्यकामा आज अपराह्नसम्म कुनै अप्रिय घटना नभएको र सडकमा सवारी साधन निर्बाध रुपमा सञ्चालन भइरहेका प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३० आश्विन २०७८, शनिबार  ५ : ३९ बजे

गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच सेन्टर र प्रभु बैंकबीच विशेष छुट सम्झौता

काठमाडौं । ललितपुरको महालक्ष्मिस्थानस्थित गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच

करदाता सेवा कार्यालयको राजश्वमा वृद्धि

काठमाडौं । करदाता सेवा कार्यालयहरुबाट संकलित हुने राजश्व गत आर्थिक

स्वतन्त्र प्रेसले मात्र लोकतन्त्र सुदृढ हुन्छ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रेस जति तटस्थ, स्वतन्त्र र

वन राज्यमन्त्री कार्की जसपाको संस्थापन पक्षमै

काठमाडौं। जनता समाजवादी पार्टी, नेपालका सांसद एवं वन तथा वातावरण

सभामुखले प्रधानमन्त्रीसहित प्रमुख दलका शिर्ष नेताहरुसँग छलफल गर्दै

काठमाडौं । सभामुख देवराज घिमिरेले मङ्गलबार प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष