७ आश्विन २०८३, बुधबार | September 23, 2026

व्यावसायिक च्याउखेतीमा रमाउँदै अर्याल



वालिङ । च्याउ बिक्रीबाट वालिङ-२ धौखोलाका हरि अर्यालले राम्रो आम्दानी गर्न सफल भएका छन् । झन्डै नौ वर्ष खाडीका मुलुकहरुमा पसिना बगाएका अर्यालले स्वदेश फर्किएसँगै ‘भौभका कृषि फार्म’मार्फत व्यावसायिकरुपमा च्याउ खेती गरी राम्रो आम्दानी गर्न सफल भएका हुन् ।

विगत तीन वर्षदेखि व्यावसायिकरुपमा च्याउ खेती थालेका अर्यालले वार्षिकरुपमा मनग्य आम्दानी गर्दै आएका छन् । युट्युबमा देखेकै भरमा च्याउ खेतीप्रति आकर्षित भएका अर्यालले पहिलो वर्ष २५० मुढा सीताके च्याउ र २५० पोका कन्य जातको च्याउ खेतीबाट व्यवसाय थाले । च्याउको सम्भावना र माग राम्रो देखेपछि दोस्रो वर्षमा दुई हजार मुढामा सीताके च्याउ र पाँच सय वटा पोका कन्य जातको च्याउ लगाएको उनले बताए ।

“छ जनाको परिवारको अहिलेको मुख्य आम्दानीको स्रोत भनेकै च्याउ खेती हो”, उनले भने, “हाल दुई ठाउँमा रहेको फर्ममा झण्डै दश हजार मुढामा सीताके च्याउ छ ।” व्यावसायिक च्याउ खेतीको विकास र विस्तारका लागि आवश्यक मेसिन, उपकरण खरिद, च्याउ घर निर्माण, मुढा खरिद गर्दा झन्डै ९० लाख लगानी भएको उनी बताउँछन् ।

अर्यालले हालसम्म च्याउ बिक्रीबाट ४० लाख आम्दानी गरेका बताए । सुरुका वर्षहरुमा लगानी धेरै भएपनि अब केही वर्ष लगानी नगरी आम्दानी लिन सकिने अर्यालको भनाइ थियो । सुरुका २र३ वर्ष निक्कै संघर्ष गर्नुपरेपनि पछि सहज भएको छ । उनले सीताके च्याउ प्रतिकेजी रु ५०० र कन्य च्याउ प्रतिकेजी रु २५० मा बिक्री गर्दै आएका छन् । “उत्पादन गर्न झ्याउ मान्न भएन, उत्पादन जति गरेपनि बजारको कुनै समस्या छैन”, उनले भने, “यहाँ उत्पादन भएको च्याउ काठमाडौँ, पोखरासहितका स्थानीय बजारहरुमा खपत हुँदै आएको छ ।”

मुढाको आकार अनुसार न्यूनतम २र३ केजीदेखि अधिकतम ७र८ केजी एक पटकमा उत्पादन लिन सकिने छ । एकपटक तयार पारेको मुढाबाट ५/६ वर्ष उत्पादन लिन सकिन्छ । हाल उनको फार्ममा बाह्रैमास उत्पादन दिने उन्नत जातको च्याउ रहेको छ ।

अर्यालले थालेको च्याउ खेतीलाई थप व्यावसायिक बनाउनका लागि वालिङस्थित कृषि विकास स्रोत केन्द्रमार्फत आवश्यक तालिम तथा प्रविधिहरु हस्तान्तरण गरिएको कृषि विकास स्रोतकेन्द्रका बाली विकास अधिकृत सुदीप रेग्मीले बताए ।

प्रकाशित मिति : ३१ आश्विन २०७८, आइतबार  ७ : १३ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई