२६ बैशाख २०८१, बुधबार | May 8, 2024

व्यावसायिक च्याउखेतीमा रमाउँदै अर्याल



वालिङ । च्याउ बिक्रीबाट वालिङ-२ धौखोलाका हरि अर्यालले राम्रो आम्दानी गर्न सफल भएका छन् । झन्डै नौ वर्ष खाडीका मुलुकहरुमा पसिना बगाएका अर्यालले स्वदेश फर्किएसँगै ‘भौभका कृषि फार्म’मार्फत व्यावसायिकरुपमा च्याउ खेती गरी राम्रो आम्दानी गर्न सफल भएका हुन् ।

विगत तीन वर्षदेखि व्यावसायिकरुपमा च्याउ खेती थालेका अर्यालले वार्षिकरुपमा मनग्य आम्दानी गर्दै आएका छन् । युट्युबमा देखेकै भरमा च्याउ खेतीप्रति आकर्षित भएका अर्यालले पहिलो वर्ष २५० मुढा सीताके च्याउ र २५० पोका कन्य जातको च्याउ खेतीबाट व्यवसाय थाले । च्याउको सम्भावना र माग राम्रो देखेपछि दोस्रो वर्षमा दुई हजार मुढामा सीताके च्याउ र पाँच सय वटा पोका कन्य जातको च्याउ लगाएको उनले बताए ।

“छ जनाको परिवारको अहिलेको मुख्य आम्दानीको स्रोत भनेकै च्याउ खेती हो”, उनले भने, “हाल दुई ठाउँमा रहेको फर्ममा झण्डै दश हजार मुढामा सीताके च्याउ छ ।” व्यावसायिक च्याउ खेतीको विकास र विस्तारका लागि आवश्यक मेसिन, उपकरण खरिद, च्याउ घर निर्माण, मुढा खरिद गर्दा झन्डै ९० लाख लगानी भएको उनी बताउँछन् ।

अर्यालले हालसम्म च्याउ बिक्रीबाट ४० लाख आम्दानी गरेका बताए । सुरुका वर्षहरुमा लगानी धेरै भएपनि अब केही वर्ष लगानी नगरी आम्दानी लिन सकिने अर्यालको भनाइ थियो । सुरुका २र३ वर्ष निक्कै संघर्ष गर्नुपरेपनि पछि सहज भएको छ । उनले सीताके च्याउ प्रतिकेजी रु ५०० र कन्य च्याउ प्रतिकेजी रु २५० मा बिक्री गर्दै आएका छन् । “उत्पादन गर्न झ्याउ मान्न भएन, उत्पादन जति गरेपनि बजारको कुनै समस्या छैन”, उनले भने, “यहाँ उत्पादन भएको च्याउ काठमाडौँ, पोखरासहितका स्थानीय बजारहरुमा खपत हुँदै आएको छ ।”

मुढाको आकार अनुसार न्यूनतम २र३ केजीदेखि अधिकतम ७र८ केजी एक पटकमा उत्पादन लिन सकिने छ । एकपटक तयार पारेको मुढाबाट ५/६ वर्ष उत्पादन लिन सकिन्छ । हाल उनको फार्ममा बाह्रैमास उत्पादन दिने उन्नत जातको च्याउ रहेको छ ।

अर्यालले थालेको च्याउ खेतीलाई थप व्यावसायिक बनाउनका लागि वालिङस्थित कृषि विकास स्रोत केन्द्रमार्फत आवश्यक तालिम तथा प्रविधिहरु हस्तान्तरण गरिएको कृषि विकास स्रोतकेन्द्रका बाली विकास अधिकृत सुदीप रेग्मीले बताए ।

प्रकाशित मिति : ३१ आश्विन २०७८, आइतबार  ७ : १३ बजे

पर्यटन मन्त्रीलाई पर्यटन क्षेत्रका समस्या बारे नेपाल उद्योग वाणिज्य महासंघको ध्यानाकर्षण

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले पर्यटन क्षेत्रमा देखिएका समस्यामा

कोशीको प्रदेशसभा बैठक बोलाउन प्रदेश प्रमुखलाई मुख्यमन्त्रीले पठाए पुन: पत्र

विराटनगर । कोशी प्रदेश सरकारले प्रदेश प्रमुखलाई प्रदेशसभा बैठक सञ्चालन

बुबाको मार्गनिर्देश अनुसार अघि बढ्छु : सांसद नेम्वाङ

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसद सुहाङ नेम्वाङले इलामेली जनताको माया,

समयअगावै यसरी ‘ब्रेक थ्रु’ भयो सुनकोशी मरिणको सुरुङ

काठमाडौं । तराई-मधेसमा १२ महिना नै सिँचाइ सुविधा पु¥याउने लक्ष्यका

चालक दलका सदस्य एकाएक विरामी, एयर इन्डियाका ७० उडान रद्द

नयाँदिल्ली । बुधबार एयर इन्डिया एक्सप्रेसका ७० वटा भन्दा बढी