७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

आजको मौसम : देशका यी स्थानमा भारी वर्षाको सम्भावना



काठमाडौं । काठमाडौं उपत्यकासहित बागमती प्रदेश र प्रदेश १ र २ मा अहिले सामान्य वर्षा भइरहेको छ । उपत्यकामा बिहानैदेखि पानी पर्न सुरु भएको छ ।

केहीबेर पानी पर्न रोकिए पनि दिउँसो पुनः पानी पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ ।

भारतको उडिसा आसपासका क्षेत्रमा बनेको न्यून चापीय प्रणाली र पश्चिमी वायुको प्रभावका कारण केही दिन देशभर नै वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान प्रदेश १, प्रदेश २ र वाग्मती प्रदेशमा सामान्य वदली रहेको छ । गण्डकी र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य वदली रही अन्य प्रदेशमा आंशिक बदली रहेको छ ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षको सम्भावना रहेको छ । कर्णाली प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

आज राति देशभर सामान्य बदली रहनेछ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति : ३१ आश्विन २०७८, आइतबार  ८ : २८ बजे

आगलागी हुँदा सात बिघा जमिनको गहुँबाली नष्ट

कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा बिहीबार गहुँबालीमा आगलागी हुँदा

भेरी करिडोरमा तल्लुको पुल अन्तिम चरणमा

सुर्खेत । भेरी करिडोर सडक आयोजनाअन्तर्गत तल्लुस्थित भेरी नदीमा बेलिब्रिज

भारतमा लोकसभा निर्वाचनका लागि मतदान सुरू, पहिलो चरणमा १२० सिटका लागि मतदान

नयाँ दिल्ली । लोकसभा चुनावको पहिलो चरणको मतदान केही बेरमा

इन्डोनेसियामा भयानक ज्वालामुखी विष्फोट, ११ हजार बढीलाइ अन्यत्र सारियो

जाकार्ता । इन्डोनेसियामा निरन्तर भयानक ज्वालामुखी विष्फोट भए पछि ११