२६ बैशाख २०८१, बुधबार | May 8, 2024

बुटवल तल्लो देवीनगरका दुुई घरमा चोरी



बुटवल । रुपन्देहीको बुटवल–११, देवीनगरका दुई घरमा धनमाल चोरी भएको छ ।

तल्लो देवीनगर रंगशालामार्गमा पर्ने जुना भण्डारी र चुमा श्रेष्ठ नगरकोटीको घरमा असोज २८ गते राति घरमा कोही नभएको मौका छोपेर चोरी भएको हो ।

भण्डारीको घरमा रहेको एक लाख ५२ हजार नगद र ७ लाख रूपैयाँ बराबरका गरगहना चोरी भएका छन् । त्यस्तै श्रेष्ठको घरमा पनि नगद र गरगहना चोरी भएको छ ।

भाडामा बस्नेका समेत नगदसहित गहना चोरी भएको टोल विकास संस्थाका अध्यक्ष दुुर्गाप्रसाद श्रेष्ठले जानकारी दिए । दुुवै घरका दशैंको टीका लगाउन जिल्लाबाहिर आफन्तकोमा गएका थिए ।

‘दुुवै घरमा दशैमा कोही नभएको संकेत पाएपछि चोरी भएको छ,’ श्रेष्ठले भने, ‘मूलगेट र भित्री गेटको ताला तोडेर चोर भित्र पसेको देखिन्छ ।’

चोरी भएपछि प्रहरी बिट देवीनगरमा रिपोर्ट गरिएको श्रेष्ठले बताए । चाडपर्वको समयमा चोरीका घटना शहरी क्षेत्रमा बढ्दै गएका छन् । स्थानीय लोकराज शर्माले सुरक्षाको सवालमा प्रहरी प्रशासनले कडाईका साथ चासो देखाउनुपर्ने बताए ।

प्रकाशित मिति : ३१ आश्विन २०७८, आइतबार  २ : ५२ बजे

यात्रु भएर गृहसचिव विमानस्थल छिर्दा…..

काठमाडौं । गृह सचिव एकनारायण अर्यालले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित

राष्ट्रपतिका आर्थिक विज्ञ डा नेपालद्वारा स्पष्टोक्ति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक विज्ञ डा चिरञ्जीवी नेपालले

भृकुटीमण्डपको खुला (हङकङ)बजार व्यवस्थित गर्न मन्त्री चौधरीको निर्देशन

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले

China’s Xi welcomed with ‘respect and love’ in Serbia

Serbia’s President Aleksandar Vucic reaffirmed his strong support for China’s