२५ चैत्र २०८२, बुधबार | April 9, 2026

बुटवल तल्लो देवीनगरका दुुई घरमा चोरी



बुटवल । रुपन्देहीको बुटवल–११, देवीनगरका दुई घरमा धनमाल चोरी भएको छ ।

तल्लो देवीनगर रंगशालामार्गमा पर्ने जुना भण्डारी र चुमा श्रेष्ठ नगरकोटीको घरमा असोज २८ गते राति घरमा कोही नभएको मौका छोपेर चोरी भएको हो ।

भण्डारीको घरमा रहेको एक लाख ५२ हजार नगद र ७ लाख रूपैयाँ बराबरका गरगहना चोरी भएका छन् । त्यस्तै श्रेष्ठको घरमा पनि नगद र गरगहना चोरी भएको छ ।

भाडामा बस्नेका समेत नगदसहित गहना चोरी भएको टोल विकास संस्थाका अध्यक्ष दुुर्गाप्रसाद श्रेष्ठले जानकारी दिए । दुुवै घरका दशैंको टीका लगाउन जिल्लाबाहिर आफन्तकोमा गएका थिए ।

‘दुुवै घरमा दशैमा कोही नभएको संकेत पाएपछि चोरी भएको छ,’ श्रेष्ठले भने, ‘मूलगेट र भित्री गेटको ताला तोडेर चोर भित्र पसेको देखिन्छ ।’

चोरी भएपछि प्रहरी बिट देवीनगरमा रिपोर्ट गरिएको श्रेष्ठले बताए । चाडपर्वको समयमा चोरीका घटना शहरी क्षेत्रमा बढ्दै गएका छन् । स्थानीय लोकराज शर्माले सुरक्षाको सवालमा प्रहरी प्रशासनले कडाईका साथ चासो देखाउनुपर्ने बताए ।

प्रकाशित मिति : ३१ आश्विन २०७८, आइतबार  २ : ५२ बजे

पूर्वप्रधानमन्त्री देउवाद्वारा आफ्नो सम्पत्तिबारेमा झुटो प्रचारबाजी गरिएको गुनासो

काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

चैत्र २७ गते संघीय संसदको संयुक्त बैठकलाई राष्ट्रपतिबाट सम्बोधन हुँदै

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले चैत २७ गते शुक्रबार संघीय

संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठक सम्पन्न, सहमतिको आधारमा अघि बढ्ने निर्णय

काठमाडौं । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको पहिलो बैठक

बुटवलमा स्वरूप परिवर्तन गरी ग्राहक ठग्ने ९ ओटा मालवाहक सवारी नियन्त्रण

बुटवल । इलाका प्रहरी कार्यालय बुटवलले स्वरूप परिवर्तन गरी ग्राहक

अन्तर रोटरी, रोटयाक्ट क्लबस्तरीय भलिबलको तयारी पुरा

बुटवल । रोटरी र रोट्याक्ट क्लबहरु बिचमा खेलमार्फत भातृत्व विकास