१४ बैशाख २०८१, शुक्रबार | April 27, 2024

कपिलवस्तुको झाडापखाला नियन्त्रण भित्रै छ : स्वास्थ्य मन्त्रालय (विज्ञप्ति सहित)



काठमाडौं । लुम्बिनी प्रदेशको कपिलवस्तुमा फैलिएको झाडापखाला नियन्त्रण बाहिर नगएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दाबी गरेको छ । कपिलवस्तुको कृष्णनगर नगरपालिकाका वडा ७, ८ र ९ मा फैलिएको झाडापखाला राज्यको नियन्त्रणमा नैरहेको मनत्रालयले दाबी गरेको हो ।

मन्त्राललयले आइतबार विज्ञप्ति प्काशित गर्दै स्थानीय, प्रदेश र संघीय सरकार तथा विश्व स्वास्थ्य संगठन लगायतका संस्थाहरुको समन्वयमा कपिलवस्तुको झडापखाला नियन्त्रणमा रहेको जनाएको छ ।

हाल सम्म झाडापखाला तथा तथा बान्ताका कारण ८८५ जना संक्रमित भएको मन्त्रालयले विज्ञप्तिमा उल्लेख गरेको छ । मन्त्रालको विज्ञप्तिका अनुसार आइतबार मात्रै शिवराज अस्पतालमा २५ जना झाडापखालाका विरामी उपचाररत् रहेका छन् भने हालसम्म ८१९ जना निको भएर घर फर्केका छन् ।

हालसम्म झाडापखालाबाट ४५ वर्षीय पुरुषको घरमै, ७ वर्षीया बालिकाको निजी क्लिनिकमा र ५ वर्षीया बालिका र २ वर्षीय बालकको अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको विज्ञप्तिमा लेखिएको छ ।

विभिन्न मितिमा संकलन गरिएका दिसाका नमुनाहरु लुम्बिनी प्रादेशिक अस्पताल र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गर्दा ५५ वर्षीय पुरुष, ७२ वर्षीय पुरुष, ५५ वर्षीय पुरुष र ५ वर्षीया बालिकाको दिसाको नमुनामा भाइब्रियो कोलेरा ०१ ओगावा भाइरस देखा परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार संकलन गरिएका खानेपानीका १५ नमुनामध्ये ९ वटामा इकोली नामक जिवाणु फेला परेको छ ।

प्रकाशित मिति : ३१ आश्विन २०७८, आइतबार  ५ : १३ बजे

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत

हुम्ला । राष्ट्रिय सडक सञ्जालसँग नजाडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम

बुटवलपछि बागमती प्रदेशका सरकारी कार्यालयमा पनि तीन भाषामा बडापत्र

हेटौंडा । बुटवल उपमहानगरपालिकाले आफ्नो कार्यालय परिषरमा ४ भाषामा बडापत्र

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मुलुकको

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग