६ श्रावण २०८३, बुधबार | July 22, 2026

कपिलवस्तुको झाडापखाला नियन्त्रण भित्रै छ : स्वास्थ्य मन्त्रालय (विज्ञप्ति सहित)



काठमाडौं । लुम्बिनी प्रदेशको कपिलवस्तुमा फैलिएको झाडापखाला नियन्त्रण बाहिर नगएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दाबी गरेको छ । कपिलवस्तुको कृष्णनगर नगरपालिकाका वडा ७, ८ र ९ मा फैलिएको झाडापखाला राज्यको नियन्त्रणमा नैरहेको मनत्रालयले दाबी गरेको हो ।

मन्त्राललयले आइतबार विज्ञप्ति प्काशित गर्दै स्थानीय, प्रदेश र संघीय सरकार तथा विश्व स्वास्थ्य संगठन लगायतका संस्थाहरुको समन्वयमा कपिलवस्तुको झडापखाला नियन्त्रणमा रहेको जनाएको छ ।

हाल सम्म झाडापखाला तथा तथा बान्ताका कारण ८८५ जना संक्रमित भएको मन्त्रालयले विज्ञप्तिमा उल्लेख गरेको छ । मन्त्रालको विज्ञप्तिका अनुसार आइतबार मात्रै शिवराज अस्पतालमा २५ जना झाडापखालाका विरामी उपचाररत् रहेका छन् भने हालसम्म ८१९ जना निको भएर घर फर्केका छन् ।

हालसम्म झाडापखालाबाट ४५ वर्षीय पुरुषको घरमै, ७ वर्षीया बालिकाको निजी क्लिनिकमा र ५ वर्षीया बालिका र २ वर्षीय बालकको अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको विज्ञप्तिमा लेखिएको छ ।

विभिन्न मितिमा संकलन गरिएका दिसाका नमुनाहरु लुम्बिनी प्रादेशिक अस्पताल र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गर्दा ५५ वर्षीय पुरुष, ७२ वर्षीय पुरुष, ५५ वर्षीय पुरुष र ५ वर्षीया बालिकाको दिसाको नमुनामा भाइब्रियो कोलेरा ०१ ओगावा भाइरस देखा परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार संकलन गरिएका खानेपानीका १५ नमुनामध्ये ९ वटामा इकोली नामक जिवाणु फेला परेको छ ।

प्रकाशित मिति : ३१ आश्विन २०७८, आइतबार  ५ : १३ बजे

आज ४४ औँ विपी स्मृति दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक

अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन्

चितवन । ‘बर्डफ्लु’को प्रभावका कारण गिरावट आएकोे अण्डाको मूल्य बढ्न

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क