६ बैशाख २०८१, बिहिबार | April 19, 2024

यस्तो छ रुबी खानको आमरण अनसन र २ हिँसा भनिएको घटनाको नालिबेली



नेपालगन्ज । घरेलु हिँसाका कारण हत्या भएको घटनालाई प्रहरीले आत्महत्याको रुप दिएको तथा एकल महिलालाई अपहरण र बलात्कार गरि हत्या गरिएको घटनामा पिडितले न्याय नपाएको भन्दै नेपालगन्जबाट हिँडेर काठमाडौं पुगेका पिडितका आफन्त र अधिकारकर्मीहरुको रिले अनसन आजपनि जारी रहेको छ । माइतिघर मण्डलामा जारी अनसनबाट सो समुहकि अगुवा रुवी खानलाई भने सारिरिक अवस्था कमजोर भएपछि त्रिभुवन विश्व बिद्यालय शिक्षण अस्पतालमा भर्ना गरिएको छ ।

काठमाडौं पुगेर रिले अनसन शुरु गरेको अर्को दिन आन्दोलन मत्थर पार्ने योजनाका साथ रुबीलाई बहुबिबाहको मुद्दा लगाएर प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेदेखि नै हिरासतबाट आमरण अनसन शुरु गरेकी रुबीको स्वास्थ्य स्थिती बिग्रेपछि प्रशासनले उनलाई अस्पताल पु९याएको थियो । सर्वोच्च अदालतमा परेको बन्दी प्रत्यक्षिकरण मुद्दामा रुबीलाई थुनामा राख्नु पर्ने पर्याप्त कारण नपुगेको भन्दै रिहा गर्न आदेश दिएपछि शुक्रबार उनी थुना मुक्त भएकि थिईन् । थुना मुक्त भएपछि पनि अनसनलाई जारी राखेकी रुबीको स्वास्थ्य अवस्था खराव हुँदै गएपछि अस्पताल भर्ना गरिएको हो ।

यस्तो छ आन्दोलनको कारण :

घटना १
एकल महिलाको नाममा रहेको ४ बिगाहा बढी जमिन हडप्नकै लागि तत्कालिन सत्तारुढ दलका सांसद देखि भूमाफियाको संलग्नतामा ती महिलालाई सार्वजनिक स्थानमा कुटपिट गर्ने देखि जवर्जस्ती बिबाह गरिदिने र सामुहिक बलात्कार गर्ने जस्ता कार्य गरिएपनि प्रहरी र न्यायालयबाट न्याय नपाएको भन्दै रुबी सहितको टोलि राजधानी पुगेको रुबीले बताउँदै आएकी छिन् ।

निर्मला कुर्मीको ‘नाममा रहेको नेपालगन्ज–१७ परस्पुरमा ४ बिघा १३ कट्ठा जमिन नै निर्मलाको घर उजाड्ने र उनको मृत्युको कारण बनेको रुबी खान सहितको अधिकारकर्मिहरुले बताउँदै आएका छन् ।

प्रहरीको भाषामा भारतमा मृत्यु भएको भनिएकी निर्मला संविधानसभा सदस्य तथा काँग्रेस बाँकेका नेता बादशाह कुर्मीबाट पिटिएको समाचार १२ वर्ष पहिले नै सार्वजनिक भएको थियो । सम्पत्ति हडप्न कै लागि सांसदले एकल महिलामाथि हातपात गरेको समाचार आएपछि केहि महिना त्यतिबेला अधिकारकर्मीहरुले आवाज पनि उठाएका थिए । न्यायका लागि आवाज उठेपछि केहि समय साथी संस्थाको आश्रयस्थलमा राखेर बादशाहले उनीबाट लिएको कागजपत्र अधिकारकर्मीको रोहबरमा फिर्ता गर्दै आगामी दिनमा उनीमाथि कुनै धरपकड नगर्ने सर्तमा निर्मलालाई घर पठाइएको थियो ।

प्रहरीकोमा मिलापत्र गरेको केहि दिन अघि मात्र दुई महिनाको अन्तरालमा निर्मलाका दुई छोराको ‘मृत्यु’ भएको थियो, त्यसको केही समयअघि मात्र उनका श्रीमान्को पनि निधन भएको थियो । छोटो अवधिमा कालगतिले परिवारका तीन हट्टाकट्टा पुरुष सदस्यको मृत्यु हुनु र लगत्तै एकल महिला निर्मलालाई पनि तत्कालीन सांसदले पिटेको समाचार आएपछि निर्मला र बादशाहको सम्बन्धका विषयमा पनि तत्काल धेरै प्रश्नहरु उठेका थिए ।

परिवारका सदस्य गुमाए पनि निर्मलाको सम्पत्ति पर्याप्त थियो । सम्पत्ति संरक्षण गरिदिन भन्दै तत्कालीन सभासद बादशाहले लालपुर्जा लगिदिएको र फिर्ता माग्दा कुटेको समाचार आएको थियो । त्यतिनै बेला कर्मीले निर्मला एकल महिला भएको र उनीसँग धेरै जमिन रहेका कारण त्यसमाथि अरूको आँखा नलागोस् भनेर संरक्षण गर्न खोज्दा अधिकारकर्मीहरूले उल्टो हल्ला फिँजाएको सांसद कुर्मिले प्रतिक्रिया दिएका थिए ।

सांसदसँग मिलापत्र गरेर घर पुगेको केहि महिनामा नै निर्मला एक्कासी हराउनु र उनको जमिन विभिन्न व्यक्तिको नाममा सारिएको प्रमाण भेटिएको भन्दै रुबी खान नेतृत्वको अधिकारवादी संस्थाले निर्मलाको हत्या भएको बताउँदै आएको छ ।

निर्मला एकाएक हराएपछि रुबी खान संयोजक रहेको ‘राष्ट्रिय महिला अधिकार मञ्च’ ले खोजबिन शुरु गरेको थियो । तर कतै पत्तो नलागेपछि आफन्तको पहलमा मञ्चले गत मंसिर १६ मा प्रहरीलाई जाहेरी दिएको थियो । तर प्रहरीले बेवास्ता गरेपछि चैत २० मा सरकारी वकिल कार्यालय बाँकेमार्फत जिल्ला अदालतमा सोझै मुद्दा दायर गरिएको थियो ।

अहिले आफन्त र अधिकारकर्मीको आन्दोलन काठमाडौं पुगेपछि प्रहरीले निर्मलाको भारतमा बिहा भएको र उनको मृत्यु उतै भइसकेको दाबी गरेको छ । निर्मला प्रकरण खोज्न भारत पुगेको बाँके प्रहरीले भारतीय प्रशासनमा रहेको मृत्यु दर्ता, बिबाह भएको भनिएका निर्मलाको श्रीमान र घटनास्थल भनिएको स्थानमा अनुसन्धान गर्दा निर्मलाको कालगतीबाटै मृत्यु भएको ठहर गरेको छ ।

आन्दोलनरत रुबी सहितको समुहले निर्मलाको सबै जग्गा पहिला पार्वती विष्टको नाममा गएको र त्यसपछि रमेश थापाकी श्रीमती रत्न थापाका नाममा पास भएको बताएको छ । महिला अधिकार मञ्चका अनुसार निर्मलाबाट पार्वतीले जग्गा लिएको देखाइएको छ । तर विष्टले थापाबाट तमसुक गरेर लिएको पैसा तिर्न नसकेपछि अदालतमार्फत जग्गा दिलाएको देखिन्छ । प्रक्रिया पुर्‍याउन मालपोतकै केही कर्मचारी खजुरा रोडस्थित थापाको प्लाइउड फ्याक्ट्रीमा गएर पास गरेको सोही संंस्था आवद्ध मोहम्मद शेर बागवान बताउँछन् ।

प्रहरीले भारतमा बिबाह गरेको भनिएका पतिअर्जुन कुर्मीले समेत निर्मला र आफूलाई बन्धक बनाएर रमेशले किर्ते कागज गरी निर्मलाको जग्गा हडपेको खुलासा गरेका छन् ।

‘तिमीहरूको जग्गा गडबड भएको छ, मिलाउन तिमीहरूलाई यहाँ राखेका हौं, २र३ महिनापछि सबै काम हुन्छ’ भन्दै २० हजार दिएर भारतको अयोध्या घुम्न पठाइएको अर्जुनले बताएका छन् । घुमेर आउँदा निर्मला कुर्मीको सबै जग्ग्गा भुक्याएर रमेशले आफ्नो नाममा पास गराएको अर्जुनले प्रहरीको बयानमा खुलाएका छन् ।

आन्दोलनमा सहभागि राहुल शेषका अनुसार निर्मलाको नाममा रहेको जग्गा विभिन्न षड्यन्त्र गरेर २०६९ भदौ ७ मा बर्दिया धधवार–४ घर भई नेपालगन्ज
परस्पुर बस्ने पार्वती विष्टको नाममा पास गरिएको थियो ।

निर्मलाको नामको केही जग्गा पार्वती विष्टको नाममा आइसकेपछि पार्वती विष्टले रमेश थापाकी श्रीमती रत्न थापाबाट पटक–पटक ठूलो रकम तमसुक गरी लगेको र उक्त तमसुकबमोजिमको रकम नतिरेकाले उक्त बिगोबमोजिमको रकम असुलउपर गराउन मुद्दा हालिएको थियो । जिल्ला अदालत बाँकेले २०७३ भदौ २० मा विष्टले पैसा तिर्न नसकेकाले उनको नाममा रहेको जग्गा थापाको नाममा सार्ने फैसला गरेको थियो । यसरी निर्मलाको जग्गा थापाको नाममा पक्का बनाउन अदालतबाटै घुमाउरो फैसला गरिएको थियो । उक्त फैसलालाई आधार मानेर ४ बिघा १० कट्ठा जग्गा ९७ लाख १३ हजार रुपैयाँमा लिलाम प्रक्रियामा लगेको देखिन्छ ।

धनसम्पत्तिका लागि निर्मलाको अपहरण गरी हत्या गरेको आरोपमा बादशाह कुर्मी, रमेश थापाकी श्रीमती रत्न थापा, पार्वती विष्ट, कृष्णमुरारी सिंह, कुँवर बब्बन सिंह, उर्मिला कनौजिया, अमरलाल कुर्मी र धीरेन्द्र सिंहका नाममा जिल्ला अदालतमा बाँकेस्थित महिला अधिकार मञ्चकी केन्द्रीय सदस्य मनकुमारी गुरतालको तर्फबाट मुद्दा दायर गरिएको छ ।

बाँके प्रहरीले निर्मलाको जग्गा हडप्ने उद्देश्यले घटनाहरु भएको पुष्टि हुने आधार देखिएपनि निर्मलाको हत्या भएको भन्ने कुराको आधार नभेटिएको बाँके प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक मधुसुदन न्यौपानेले बताए । फेरिपनि प्रहरीले घटनाका पुरानो फायल पल्टाएर अनुसन्धान शुरु गरेको उनले बताए ।

प्रहरीको भनाई मान्ने हो भने निर्मलासँग रहेको जग्गा जमिन कागजी रिट पुर्याएर हडप्ने काम पुरा गरेपछि साही समुहले निर्मलाको भारतमा बिबाह गरिदिएको पनि हुन सक्ने अनुमान गर्न सकिन्छ । तर अपहरण गरेर शरिर बन्धक बनाईएको भनिएको रमेश थापाको प्लाई उद्योगमा भारतीय पति अर्जुन र निर्मलालाई नै बन्धक बनाईएको बयान अर्जुनले प्रहरीलाई दिएपछि भने जग्गा हडप्न ठुलै समुह सक्रिय रहेको अनुमान गर्न सकिन्छ ।

घटना २

बाँकेको जानकी गाउँपालिका–२ नेवाजी गाउँकी ४० वर्षीया नन्कुन्नी धोबी गत साउनमा आफ्नै घरमा झुन्डिएको अवस्थामा फेला परिन् । प्रहरीले घटनालाई आत्महत्या भन्यो । तर माइती मान्न तयार भएन । पटकपटक धाउँदा पनि प्रहरीले वास्ता नगरेपछि सिंगो परिवार जिल्ला प्रशासन कार्यालयमा धर्नामा बस्यो । अधिकारकर्मीले पनि साथ दिए ।

प्रहरी अनुसन्धानले नन्कुन्नीले आत्महत्या गरेको भने पनि अधिकारर्मीले हत्या भएको दाबी गर्दै जाहेरी दिए । स्थानीय प्रशासनबाट न्याय पाउन ढिलासुस्ती भएपछि पीडित परिवारले अधिकारकर्मीसहित न्याय माग्न काठमाडौंका लागि पैदलयात्रा सुरु गरे । अहिले मृतकका श्रीमान् र जेठाजुलाई अदालतले पुर्पक्षका लागि थुनामा राखेको छ ।

परिवारकै सल्लाहमा नन्कुन्नीले सात वर्षअघि रामकुमार धोबीसँग विवाह गरेकी थिइन् । तर सन्तान नभएको भन्दै श्रीमान् झगडा गर्थे । हिंसाबाट बच्न उनी बारम्बार माइतीको सहारा लिन पुग्थिन् । गुहार माग्न सामाजिक संघसंस्थामा समेत पुग्थिन् । एकपटक गाउँपालिकास्थित प्रहरी चौकीमा पुगेर मिलापत्रमा झगडा टुंग्याएको प्रहरी रेकर्डमा देखिएको छ ।

झगडा थोरै साम्य भएपछि नन्कुन्नी घर फर्किन्थिन् । झगडा भए माइती जान्थिन् । तर गत साउन ५ मा उनले माइत जाने मौका पाइनन् । त्यो दिन नन्कुन्नी घरमै झुन्डिएको अवस्थामा भेटिइन् । उनको परिवारकै सदस्यहरुले हत्या गरेर भुण्ड्याएको माइती पक्षले आरोप लगाउँदै आएको छ ।

नन्कुन्नीका आफन्तले उनका श्रीमान्ले घरमा हत्या गरेको किटानीसहित जिल्ला प्रशासन र प्रहरी कार्यालयमा उजुरी गरेका थिए । तर प्रहरीले आत्महत्या नै भएको भन्दै सो जाहेरी दर्ता गर्न नमानेको पिडित पक्षको गुनासो छ ।

उता प्रहरीले नन्कुन्नीको पोस्टमार्टम रिपोर्टमा आत्महत्या देखिएकाले ज्यान मुद्दा दर्ता हुने अवस्था नरहेको बताएको छ । ‘डाक्टरको रिपोर्टअनुसार शतप्रतिशत आत्महत्या देखियो । आत्महत्यालाई प्रहरीले हत्या भन्न मिल्दैन ।’ बाँके प्रहरी प्रवक्ता मधुसुदन न्यौपानेले भने, -‘आत्महत्या दुरुत्साहनमा मुद्दा दर्ता गरौंभन्दा माइतीले मान्नुभएन । त्यसपछि पति रामकुमार धोबी र जेठाजु ईतवारी धोबीको नाममा किटानी जाहेरी लिएर आउनुभयो, अभियुक्त पुर्पक्षका लागि कारागारमा छन् । मुद्दा बन्द भएको छैन ।’

प्रहरीले घटनास्थलमा गरेको मुचुल्कामा पनि मृतक झुण्डीएकाे कोठाको सबैतिरबाट ढोका बन्द रहेको र घटना घटाएर बाहिर निस्कने सम्भावना नरहेको उल्लेख गरेका कारण हत्या पुष्टि हुने आधार नभेटिएको प्रहरीको भनाई छ । प्रहरीले घरेलु हिँसाका कारण आत्महत्या गर्न दुरुत्साहन गरेको भने हुन सक्ने भन्दै दुरुत्साहन मुद्दा चलाउन भनेपनि रुबी खान नेतृत्वको महिला अधिकार मञ्चले दुरुत्साहन मुद्दा चलाउन माइतिपक्षलाई नदिएको स्थानीयले बताएका छन् ।

यस्तो छ रुबीको बैबाहिक सम्बन्ध

यता प्रहरीले रुबी माथि लगाउन खोजेको बहुबिबाहको मुद्दा रहश्यमय देखिएको छ । कागजीरुपमा २ वर्ष पहिले सम्बन्ध बिच्छेद गरेर बसेका भनिएका रुबी खान र मोहम्मद शेर बागवान अहिलेपनि एकै घरमा श्रीमान श्रीमतीकारुपमा बस्दै आएको स्थानीयबासीको भनाई छ ।

रुबीसँग बिबाह गरेको स्विकार गर्दै बागवानले रुबीसँग २ वर्ष पहिले मुस्लिम परम्परा अनुसार सम्बन्ध बिच्छेद गरेको बताउँछन् । गत श्रावणमा मात्र अदालतबाट रुबी र बागवानका बीच कागजी सम्बन्ध बिच्छेद भएको थियो । बागवानले पनि गत साउनमा अदालतबाट सम्बन्ध बिच्छेद भएको स्विकार गरे ।

कागजीरुपमा सम्बन्ध बिच्छेद गरेपनि नेपाल मुस्लिम समाजमा बागवान अध्यक्ष र रुबी महासचिव छन् । उनीहरु एकै कार्यालयमा र एकै घरमा बस्दै आएको छिमेकीहरुको भनाई छ । बागवान भने रुबी सम्बनध बिच्छेद पछि रुबी माईतमा बस्दै आएको बताउँछन् ।

२ छोराका बाबु मोहम्मद शेर बागवान सँग रुबीले ४ वर्ष पहिले बिबाह गरेका थिए । बिगत १० वर्ष बढी नेमाल मुस्लिम समाज र महिला अधिकार मञ्चमा सँगसँगै काम गर्दा माया प्रेममा बाधिएका रुबी र बागवानले बिबाह गर्नकै लागि बागवानकी पहिलो श्रीमतीसँग ७ वर्ष सम्बन्ध बिच्छेद गराएको खुल्न आएको छ । जेठो छोरो सहित माईती हजुरआमासँग बस्दै आएकी पहिलो श्रीमतीसँग बागवानले मुस्लिम परम्परा अनुसार तलाक गरेका थिए । प्रहरीले कानुनी सम्बनध बिच्छेदको आधार नभेटेकै कारण रुबी माथी बहुबिबाहको मुद्दा चलाएको थियो ।

 

 

 

 

 

 

प्रकाशित मिति : १ कार्तिक २०७८, सोमबार  १२ : ११ बजे

मुनाफा नभए पनि टेलिकमले दूरदराजमा गुणस्तरीय सेवा दिनुपर्छ : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकको समृद्धिमा

लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरुले लिए शपथ

बुटवल । लुम्बिनी प्रदेशमा नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दीर्घ सोडारी नियुक्त

धनगढी । एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घबहादुर सोडारी सुदूरपश्चिम

मधेश प्रदेशमा तीन मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विहीवार मन्त्री परिषद

बुटवलको ड्रिम इन्टरनेशनल होटलले सर्वसाधारमा शेयर जारी गर्दै

बुटवल । बुटवलको ड्रिम इन्टरनेशनल होटलले साधारण शेयर (आईपीओ) जारी