३ कार्तिक २०८३, मंगलबार | October 20, 2026

विमानस्थल सुरक्षा व्यवस्थाको धज्जी उडाउँदै गृहमन्त्री खाँण गृह जिल्ला रुपन्देहीमा (फोटो फिचर)



बुटवल । आम नागरिकको सुरक्षाको जिम्मा लिने तथा मुलुकमा नियम कानुनको पालना गराउने जिम्मा पाएका गृहमन्त्री वालकृष्ण खाँण स्वयमले राज्यको नियमनको धज्जी उडाएका छन् । आफु गृह जिल्ला रुपन्देही आउने क्रममा आफ्नो स्वागतका लागि विमानस्थलमा भिड लगाएर गृहमन्त्री खाँणले विमानस्थलको सुरक्षा व्यवस्थाको मात्र धज्जी उडाएका छैनन् की सरकारले आफै जारी गरेको कोरोना संक्रमणबाट बच्न कायम गर्नु पर्ने भौतिक दुरीको समेत हुर्मत लिएका छन् ।

गृहमन्त्री भएपछि पहिलो पटक आज रुपन्देही आएका गृहमन्त्री खाँणलाई स्वागत गर्न रुपन्देहीका काँग्रेस कार्यकर्ताहरु विमानस्थलको सबै सुरक्षा घेरा पार गर्दै रन‍-वेमा नै पुगेका थिए । सर्वसाधारणलाई मेटल डिक्टेक्टर र छामछाम छुमछुम गर्ने सुरक्षाकर्मीहरु गृहमन्त्रीका कार्यकर्ताका अगाडि लाचार जस्तै बनेका थिए । गृहमन्त्री खाँणलाई स्वागत गर्ने नाममा विमानस्थलको सुरक्षा व्यवस्थामाथि ठुलो खेलवाड भएको प्रस्ट देख्न सकिन्थ्यो ।

काँग्रेस कार्यकर्ताहरुले न त विमानस्थलको सुरक्षाको ख्याल राखेका थिए न कोरोना प्रोटोकलको पालना । ‘गृहमन्त्री बनेछि देशको कानुन र आफैले बनाएको मादण्ड पालना गर्न जरुरी नहुने हो ?’ विमानस्थलमा विमान डिले भएपछि झण्डै २ घण्टा कुरेका एकजना यात्रुले टिप्पणी गर्दै थिए ।

प्रकाशित मिति : १ कार्तिक २०७८, सोमबार  १० : ४३ बजे

हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु

झापा । हात्तीको आक्रमणबाट बाह्रदशी गाउँपालिका–२ जनता चोककी ७० वर्षीया

घटस्थापनादेखि आजसम्म पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौं उपत्यका

काठमाडौं । बडादसैँ मनाउन काठमाडौं उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको

राष्ट्रपतिद्वारा नवकन्याको पूजार्चना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँका अवसरमा मङ्गलबार राष्ट्रपति भवन

आफ्नै ‘ब्राण्ड’मा अन्तरराष्ट्रिय मापदण्डको होटल सेवा दिइरहेको आइएमई ग्रुप

चितवन । आइएमई ग्रुपले आफ्नै होटल ब्रान्ड ‘इला’मार्फत नेपालको पर्यटन

निषेधित क्षेत्र घुमेका पर्यटकबाट बर्सेनि उठ्छ करोडौँ राजस्व

पोखरा । अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने निषेधित क्षेत्रमा अनुमति लिएर