२१ असार २०८३, आइतबार | July 5, 2026

विमानस्थल सुरक्षा व्यवस्थाको धज्जी उडाउँदै गृहमन्त्री खाँण गृह जिल्ला रुपन्देहीमा (फोटो फिचर)



बुटवल । आम नागरिकको सुरक्षाको जिम्मा लिने तथा मुलुकमा नियम कानुनको पालना गराउने जिम्मा पाएका गृहमन्त्री वालकृष्ण खाँण स्वयमले राज्यको नियमनको धज्जी उडाएका छन् । आफु गृह जिल्ला रुपन्देही आउने क्रममा आफ्नो स्वागतका लागि विमानस्थलमा भिड लगाएर गृहमन्त्री खाँणले विमानस्थलको सुरक्षा व्यवस्थाको मात्र धज्जी उडाएका छैनन् की सरकारले आफै जारी गरेको कोरोना संक्रमणबाट बच्न कायम गर्नु पर्ने भौतिक दुरीको समेत हुर्मत लिएका छन् ।

गृहमन्त्री भएपछि पहिलो पटक आज रुपन्देही आएका गृहमन्त्री खाँणलाई स्वागत गर्न रुपन्देहीका काँग्रेस कार्यकर्ताहरु विमानस्थलको सबै सुरक्षा घेरा पार गर्दै रन‍-वेमा नै पुगेका थिए । सर्वसाधारणलाई मेटल डिक्टेक्टर र छामछाम छुमछुम गर्ने सुरक्षाकर्मीहरु गृहमन्त्रीका कार्यकर्ताका अगाडि लाचार जस्तै बनेका थिए । गृहमन्त्री खाँणलाई स्वागत गर्ने नाममा विमानस्थलको सुरक्षा व्यवस्थामाथि ठुलो खेलवाड भएको प्रस्ट देख्न सकिन्थ्यो ।

काँग्रेस कार्यकर्ताहरुले न त विमानस्थलको सुरक्षाको ख्याल राखेका थिए न कोरोना प्रोटोकलको पालना । ‘गृहमन्त्री बनेछि देशको कानुन र आफैले बनाएको मादण्ड पालना गर्न जरुरी नहुने हो ?’ विमानस्थलमा विमान डिले भएपछि झण्डै २ घण्टा कुरेका एकजना यात्रुले टिप्पणी गर्दै थिए ।

प्रकाशित मिति : १ कार्तिक २०७८, सोमबार  १० : ४३ बजे

मालदह आँपको मूल्य बढ्यो, तर किसानले पाएनन् उचित मूल्य

धनुषा । मधेश प्रदेशमा मालदह जातको आँपको उत्पादन घट्दै गएपछि

प्रचण्डको आरोप – सरकार संविधान र गणतन्त्र मास्न खोज्दैछ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल

सिक्टा सिँचाइ आयोजना समयमै सम्पन्न गर्न मन्त्री श्रेष्ठको निर्देशन

नेपालगञ्ज । आर्थिक वर्ष २०६१/६२ देखि निर्माण सुरु भएको सिक्टा

विश्वकप लिग-२ खेल्न नेदरल्यान्ड्स प्रस्थान गर्ने नेपाली टोलीको बिदाइ

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा हुने त्रिकोणात्मक

रचनात्मक सुझावसहित संवादमा आउन महासङ्घलाई सञ्चारमन्त्रीको आग्रह

ललितपुर । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले सञ्चार क्षेत्रका