१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

बंगलादेशमा साम्प्रदायिक हिंसा : एक सातामा हिन्दू समुदायका ३० घरमा आगजानी ,६६ घरमा तोडफोड



ढाका । बंगलादेशमा अल्पसंख्यक हिन्दू र मुस्लिम समुदायबीच भएको हिंसामा एक सातामा हिन्दू धर्मालम्बीका कम्तिमा ३० घरमा आगो लगाइएको छ । मुसलमान समुदायमा आबद्ध व्यक्तिले हिन्दूका ६६ ओटा घर भत्काइदिएका छन् ।

गत साता दुर्गा पुजाका क्रममा हिन्दूले मुसलमानमाथि कथित निन्दा गरेको र सामाजिक सञ्जालमा अपमानजनक पोस्ट गरेको भन्दै त्यहाँका मुसलमान अल्पसंख्यक हिन्दूमाथि जाइलागेका थिए ।

पछिल्लो पटक राजधानी ढाकाबाट २२५ किलोमिट टाढाको एउटा गाउँमा मुसलमानहरुले हिन्दूको घरमा आगजनी गरेका थिए । एक हिन्दूले फेसबुकमा मुसलमानप्रति अनादर जनाउने टिप्पणी गरेको कथित हल्लापछि मुसलमान समुदाय हिन्दूका घरमा आगजनीमा उत्रिएको प्रहरीले जनाएको छ ।

प्रहरीले ती व्यक्तिको घरमा सुरक्षा गरिरहेका बेला आक्रमणकारीले उनको घरनजिकैका अन्य घरमा आक्रमण गरेको थियो । बंगलादेशको अग्नि नियन्त्रक कक्षका अनुसार माजहिपरा जिल्लामा एक सातामा मुस्लिम आक्रमणकारीले १५ जना हिन्दूका २९ आवासीय घर, दुई ओट किचेन, तथा २० ओटा झुपडीमा आगजनी गरेका छन् ।

दुर्गा पूजाका क्रममा चित्तागोङको कुमिलामा मुस्लिम धर्मगुरुमाथि निन्दा गरिएको कथित आरोपपछि धार्मिक तनाब बढेको थियो । आक्रमणकारीले कुमिला, चन्दपुर, चाटोग्राम, कोक्स बजार, बन्दरबान, मउलिभीबजार, गाजीपुर, फिनीलगायतका जिल्लाका हिन्दू मन्दिरमा हमला गरेको बंगलादेश प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २ कार्तिक २०७८, मंगलबार  ८ : ५१ बजे

त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिम

काठमाडौं । त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभागले माटोको नियमित परीक्षण

१६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६ औँ योजनामा एकीकृत

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिमको घोषणा

काठमाडौं । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टिमको घोषणा

आज सुन तोलाको १ लाख ३५ हजार ८०० रुपैयाँ

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल

बसको ठक्करबाट भरतपुरमा तीर्थयात्रीको मृत्यु

भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना