६ पुस २०८२, आइतबार | December 21, 2025

अनसनरत अधिकारकर्मी रुबी खान र सरकारबीच सहमति, गृह मन्त्रालयबाट ६ सदस्सीय छानविन समिति गठन



काठमाडौं । नेपालगन्जबाट २० दिन हिँडेर काठमाडौं पुगेका अधिकारकर्मी रुबी खानको समुह र सरकारबीच सहमति भएको छ । सहमति भएसँगै नेपालगञ्जकी महिला अधिकारकर्मी रुबी खानले आमरण अनसन तोडेकी छन् । मानअवधिकार आयोगकी पूर्व सदस्य मोहना अन्सारी र गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले माइतीघर मण्डलामा जुस खुवाएर अनसन तोडाएका हुन् । आमरण अनसनरत रुवी खानसहित धर्नामा बसेका महिलाहरुबीच आज छानविन समिति गठन गर्ने गरि सहमति भएको हो । समितिले सात दिनभित्र प्रतिवेदन बुझाउने गरी समिति गठन गर्ने सहमति भएको छ ।

रुबी खान सहितको समुहले उठाएको २ वटा घटनाको छानविन गर्न गृहमन्त्रालयले एक समिति गठन गरेको छ । गृहमन्त्रालयका सहसचिव हिरालाल रेग्मीको संयोजकत्वमा ६ सदस्सीय समिति गठन गरिएको मन्त्रालयले जनाएको छ । समितिको सदस्यमा नेपाल प्रहरीका प्रहरी उपरिक्षक रामप्रसाद शाह, राष्ट्रिय अनुसन्धानका उप अनुसन्धान निर्देशक विरेन्द्र सिंह कार्की, गृहमन्त्रालयका उपसचिव राम प्रसाद लम्साल, बाँकेका अधिकारकर्मी मोहम्मद शेर वागवान र जिल्ला प्रसासन कार्यालयका अधिकृत रहेका छन् ।

समितिलाई बाँकेकी एकल महिला निर्मला धोबीको अपहरण सरिर बन्धक तथा हत्या सम्बन्धि मुद्दा तथा बाँकेकै नन्कुर्नी धोबीको मृत्युका सम्बन्धका सोही मुद्दाका सम्बन्धमा धर्ना बसेका धर्नाकारीहरुसँग सत्य तथ्य बुझ्ने तथा सरोकारवालासँग सोधपुछ समेत गरि एक साता भित्र प्रतिबेदन बुझाउने अधिका। प्रत्यायोजन गरिएको छ ।

नेपालगञ्‍जका दुई हिंसाको घटनामा प्रहरीको अनुसन्धानमा असन्तुष्टि जनाउँदै नेपालगञ्‍जका ११ महिलासहित १४ जना २० दिन हिँडेर न्यायको खोजीमा काठमाडौं आएका थिए । उनीहरुले माइतीघर मण्डलामा लगातार धर्ना दिइरहेका छन् ।

प्रकाशित मिति : २ कार्तिक २०७८, मंगलबार  ४ : ४१ बजे

मिराज ढुङ्गाना समूहद्वारा भोलिदेखि देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं । जेनजी मिराज ढुङ्गाना समूहले भोलिदेखि देशव्यापी शान्तिपूर्ण आन्दोलन

नेप्से परिसूचकमा १९ अङ्कको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट

हप्तामा एक दिन कर्मचारीहरूलाई परम्परागत पोशाक लगाउने व्यवस्थाबारे सोच्न सकिने : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारी कार्यालयहरूमा हप्तामा कम्तीमा एक

आफै कार्यरत अस्पतालको पाँचौ तलाबाट खसेर इन्टर्न डाक्टर अमित यादवको मृत्यु

विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत ‘इन्टर्न डाक्टर’को अस्पताल

नेपालगन्जमा सार्वजनिक नीति साझेदारी ऐन पारित

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिकाले संंशोधनसहित आर्थिक ऐन, २०८२ र सार्वजनिक