६ पुस २०८२, आइतबार | December 21, 2025

हात्तीको आक्रमणबाट दम्पतीको मृत्यु



कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-१२ वसन्तपुरमा जङ्गली हात्तीको आक्रमणबाट एक दम्पतीको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले दिएको जानकारीअनुसार मृत्यु हुनेमा वसन्तपुरका ५५ वर्षीय ध्वजबहादुर कार्की र उनका श्रीमती ४५ वर्षीया मधुराको आज विहान मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय झलारीबाट प्रहरी निरीक्षक कर्णबहादुर बोहरा नेतृत्वको प्रहरी टोली घटनास्थल प्रस्थान गरेको जनाइएको छ । प्रहरीले दिएको जानकारी अनुसार नजिकैको सामुदायिक वनबाट नौरदश वटाको सङ्ख्यामा जङ्गली हात्ती गाउँ पसेपछि स्थानीयले हो-हल्ला गरेका थिए । सोही क्रममा कार्की दम्पतीलाई हात्तीले आक्रमण गरेको प्रहरीले जनाएको छ ।

‘डिलाशैनी सामुदायिक वनबाट आएका हात्तीले आक्रमण गरेको हो ।’ घटनास्थलबाट शुक्लाफाँटा-१२ का वडाध्यक्ष बाले रानाले भने, ‘अझै जङ्गल किनारका बस्तीमा हात्तीले आक्रमण गर्नसक्ने त्रासदी छ ।’

प्रकाशित मिति : ३ कार्तिक २०७८, बुधबार  ७ : २४ बजे

दार्चुलामा जीप दुर्घटना : एक जनाको मृत्यु, एक जना घाइते

दार्चुला । मार्मा गाउँपालिका-३ भसेमा जीप दुर्घटना हुँदा एक जनाको

आज विश्व ध्यान दिवस मनाइँदै

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको घोषणाअनुसार आज ‘विश्व ध्यान दिवस’ मनाइँदै

पशुपति क्षेत्रका सम्पदा सफाइ अभियान सुरु

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा नियमित सफाइ अभियान

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन