२६ चैत्र २०८२, बिहिबार | April 9, 2026

न्याय माग्न पैदल काठमाडौं पुगेका रुबी खान सहितको टोलि जहाज चढेर नेपालगन्ज फर्के



नेपालगन्ज । दुईवटा महिला हिँसाको घटनालाई लिएर न्याय माग्न पैदल हिँडेर काठमाडौं पुगेको नेपालगन्जकी अधिकारकर्मी रुबी खान सहितको टोलि आज नेपालगन्ज फर्केको छ । काठमाडौं पुगेर रिले अनसन र आमरण अनसन समेत सुरु गरेका सो टोलिसँग सम्बाद गर्दै गृह मन्त्रालयले छानविन समिति बनाएपछि उनीहरु आन्दोलन स्थगन गरेर जिल्ला फर्केका हुन् । उनीहरुलाई काठमाडौबाट बिदाई गर्न राष्ट्रिय मानवअधिकार आयोगकी पूर्व प्रवक्ता मोहना अन्सारी र माइती नेपालकी अध्यक्ष अनुराधा कोईराला त्रिभुवन विमानस्थल पुगेका थिए । पैदल हिँडेर काठमाडौं पुगेपनि उनीहरु फर्कंदा भने जहाज चढेर जिल्ला फर्केका छन् ।

बाँकेकी नन्कुनी धोबि र निर्मला कुर्मीलाई फरक फरक घटनामा घरेलु हिँसा तथा कर्तब्य गरि हत्या गरिएको भन्दै दोषीलाई कारवाहीको माग गर्दै रुबी खानले नेतृत्व गरेको टोलि आसोज १ गते नेपालगन्जबाट पैदल २० दिन लगएर काठमाडौं पुगेका थिए । काठमाडौमा पुगेर रिले अनसन सुरु गरेको स्थानबाटै प्रहरीले बहुबिबाहको मुद्दा लगाएर अधिकाकर्मी रुबी खानलाई पक्राउ गरेको थियो । तर सर्वोच्च अदालतले बहुबिबाह पुष्टि हुने आधार नदेखिएको भन्दै रुबीलाई थुना मुक्त गर्ने आदेश दिएपछि गत शुक्रबार मात्र उनी थुना मुक्त भएकी थिईन् ।

अधिकारकर्मीहरुको पहलमा रुबीले उठाएको दुबै मुद्दाको छानविन गर्न गृह मन्त्रालयका सहसचिव हिरालाल रेग्मीको संयोजकत्वमा ६ सदस्सीय समिति गठन गरिएको छ । समितिलाई बाँकेकी एकल महिला निर्मला धोबीको अपहरण सरिर बन्धक तथा हत्या सम्बन्धि मुद्दा तथा बाँकेकै नन्कुर्नी धोबीको मृत्युका सम्बन्धका सोही मुद्दाका सम्बन्धमा धर्ना बसेका धर्नाकारीहरुसँग सत्य तथ्य बुझ्ने तथा सरोकारवालासँग सोधपुछ समेत गरि एक साता भित्र प्रतिबेदन बुझाउन भनिएको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७८, बुधबार  ४ : ०९ बजे

१३ दिनपछि रिहा भए ओली, प्रहरीले अस्पतालबाटै लगायो आफन्तको जिम्मा

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली

घट्यो सुनचाँदीको मूल्य

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

वार्ताअघि इस्लामाबाद बन्द

इस्लामाबाद । अमेरिका-इरानबीच हुन लागेको संवेदनशील उच्चस्तरीय वार्ताको पूर्वसन्ध्यामा पाकिस्तानले

पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई हाजिर जमानतमा छाड्ने तयारी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली

लेबनान आक्रमणले युद्धविराम सङ्कटमा

संयुक्त राष्ट्रसङ्घ । लेबनानमा इजरायलद्वारा भइरहेको घातक सैन्य आक्रमणले अमेरिका-इरानबीच