६ बैशाख २०८१, बिहिबार | April 18, 2024

मन्त्रिपरिषदको बैठक सकियो, बाढीले घर भत्केका बाढी पीडितलाई ५ लाख सम्म राहत दिने निर्णय



काठमाडौँ । बाढी, पहिरोबाट घर भत्कोका पीडितलाई सरकारले घर बनाउ लाखसम्म आर्थिक सहयोग उपलब्ध गराउने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको मन्त्रिपरिषदको आकस्मिक बैठकले घर भत्केका पीडितलाई घर बनाउन रहकम दिने निर्णय गरेको हो ।

बैठकले पहाडी क्षेत्रमा घर भत्केका पीडितलाई घर बनाउन ४ लाख, हिमाली क्षेत्रमा घर भत्केका बाढी पीडितलाई ५ लाख र तराईमा घर भत्केका बाढी पीडितलाई ३ लाख उपलब्ध गराउने निर्णय भएको युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले जानकारी दिए ।

आर्थिक स्थिती कमजोर भएका र घर बनाउने नबचेका लागि भने थप ३ लाख उपलब्ध गराइने मन्त्री गहतराजले बताए ।

वर्षाले धानबालीमा क्षति पुर्याएको विवरण संकलन र अध्ययन गरेर किसानलाई राहत दिने निर्णय भएको बताइएको छ ।

बाढी, पहिरोका कारण मृत्यु भएका घरपरिवारलाई २ देखि ४ लाखसम्म आर्थिक सहयोग दिने निर्णय गरेको पनि उनले बताए ।

प्रकाशित मिति : ३ कार्तिक २०७८, बुधबार  ५ : २० बजे

गुजरातमा भयानक सडक दुर्घटना, १० जनाको मृत्यु

नयाँदिल्ली । गुजरातको अहमदाबाद-वडोदरा एक्सप्रेस वेमा भएको भयानक सडक दुर्घटना

एकीकृत घुम्ती सेवाप्रति स्थानीयमा उत्साह

महोत्तरी । स्थानीयतहमा राज्यका विभिन्न निकायद्वारा सञ्चालन गरिने एकीकृत घुम्ती

२९ औँ वन्यजन्तु सप्ताह : बूढीराप्ती सरसफाइ

चितवन । चितवनमा जारीे २९ औँ वन्यजन्तु सप्ताहअन्तर्गत बुधबार रत्ननगरको

पाकिस्तानमा एक्समाथि लगाइएको प्रतिबन्ध हटाउन अदालतको आदेश

इस्लामबाद । पाकिस्तानको उच्च अदालतले माइक्रो ब्लगिङ साइट एक्स (पहिले

बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइँदै

काठमाडौं । सरकारले ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई आज