१५ बैशाख २०८१, शनिबार | April 27, 2024

बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्न प्रधानमन्त्री देउवा आज सुदूरपश्चिम जाँदै



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्न आज सुदूरपश्चिम प्रदेश तर्फ जाँदैछन् ।

केहीबेरमा प्रधानमन्त्री सहितको टोली सुदूरपश्चिम प्रदेश जान लागेको कांग्रेस नेता एनपी साउदले लोकान्तरलाई जानकारी दिए ।

विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री देउवासहित संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले पनि निरीक्षण टोलीमा सहभागी छन् ।

त्यसैगरी कांग्रेस नेताहरू रमेश लेखक, नेता साउद र वीरबहादुर बलायरलगायत सुदूरपश्चिम जाने टोलीमा सहभागी छन ।

प्रधानमन्त्री देउवाले स्थलगत निरीक्षणका क्रममा बाढी पहिरोले पुर्‍याएको क्षति, प्रभावित जनजीवनको अवस्था, उद्धार र राहतमा भइरहेका गतिविधिका बारेमा जानकारी लिनेछन् ।

देउवा सम्भव भएसम्म आजै कर्णाली प्रदेशमा पनि पुग्ने कार्यक्रम तय भएको छ ।

देउवाको प्रधानमन्त्री नियुक्त भएपछि पहिलोपटक गृह प्रदेश सुदूरपश्चिमको भ्रमण हो ।

प्रकाशित मिति : ४ कार्तिक २०७८, बिहिबार  ८ : ४० बजे

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित

काठमाडौं । आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो लगानी सम्मेलनका

काठमाडौँ महानगरको कार्यालय समय अब बिहान ९ बजेदेखि

काठमाडौं । काठमाडौँ महानगरपालिकाले आजबाट विहान ९ बजेदेखि कार्यालय सञ्चालन

एनआइसी एशियाले गर्यो अर्जुन खनियालाई सहायक प्रमुख कार्यकारी अधिकृतमा बढुवा

काठमाडौ । एनआईसी एशिया बैकका सहायक महाप्रबन्धक अर्जुन राज खनिया

वेस्ट इन्डिज ए ले नेपाललाई दियो २०५ रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए ले नेपाललाई २०५ रनको लक्ष्य

संविधानको अपव्याख्या गर्दै अध्यादेश जारी गर्ने सरकारको निर्णय संसदीय अभ्यास विपरित- कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले सरकारले अध्यादेश जारी गर्न राष्ट्रपतिलाई गरेको