८ बैशाख २०८१, शनिबार | April 20, 2024

एमाले निकट किसान महासंघले भन्यो : वर्षाका कारण डुबानबाट धानबालीमा क्षति पुगेका किसानलाई क्षतिपुर्ति देउ



बुटवल । नेकपा (एमाले) निकट अखिल नेपाल किसान महासंघ रुपन्देहीले अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानले धानबालीमा क्षति पुगेको भन्दै किसानलाई उचित क्षतिपूर्ति दिन सरकारसंग माग गरेको छ । महासंघ रुपन्देहीका अध्यक्ष कृष्ण प्रसाद पन्थीले विज्ञप्ती जारी गर्दै रुपन्देहीका विभिन्न स्थानहरुमा भएको धानबालीको क्षतिको यथार्थ विवरण संकलन गरी कृषि वस्तुहरुको उचित क्षतिपूर्ति प्रदान गर्न सरकारसंग माग गरेका हुन् ।

प्रतिकुल परिस्थितिले रुपन्देही जिल्लाका कृषि क्षेत्रमा समेत ठूलो हानी, नोक्सानी, क्षति हुन पुगेकोमा महासंघ रुपन्देहीको गम्भिर ध्यानाकर्षण भएको विज्ञप्तीमा उल्लेख छ । त्यस्तै वर्तमान सरकारले कृषकहरुबाट उत्पादित धानको समर्थन मूल्य कायम गरे तापनि खरिदकर्ताको व्यवस्था नमिलाएकाले तत्काल प्रत्येक पालिकाका केन्द्रहरुमा कम्तीमा धान तथा कृषि उत्पादन संकलन केन्द्र स्थापना गरी खरिद प्रक्रिया व्यवस्थापन गर्न समेत महासंघले माग गरेको छ ।

‘कृषकहरुले समय र मौसम अनुसार गुणस्तरीय बिउ, मलखाद, आधुनिक कृषि औजार एवं विषादी लगायतका वस्तुहरु समयमा नपाउँदा रुपन्देही जिल्लाको प्रमुख मेरुदण्डको रुपमा रहेको कृषि उत्पादनमा दिनानुदिन ह्रास हँुदै आएको कुरा स्मरण गराउँछौ । स्थानीय तहमा रहेका कृषि शाखामार्फत कृषकहरुलाई उचित समयमा उचित सुविधा मिलाई उत्पादन बढाउने र उत्पादित वस्तुलाई सम्बन्धित सरकारी निकायहरुले व्यवस्था मिलाई दिन सरकारसंग जोडदार माग गर्दछ, ’विज्ञप्तीमा उल्लेख छ । विगत केही दिन यताको अविरल वर्षाका कारण थन्क्याउने बेला भएको धान बाली डुबानमा परेको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०७८, बिहिबार  २ : ५० बजे

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण

म्याग्दी । विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर । टीकापुर नगरपालिका वडा नं. ७ को प्रशासनिक भवन

सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा

सिंगापुर । एभरेष्ट किचन किंग मसलाको नाम त तपाईले सुन्नु

पेरिसस्थित इरानको दूतावासमा विस्फोटको धम्की दिने पक्राउ

पेरिस । फ्रान्सेली प्रहरीले पेरिसस्थित इरानको दूतावासमा बम विस्फोट गराउने

आँबुखैरेनी अस्पताललाई डायलाइसिस मेसिन प्रदान

तनहुँ । आँबुखैरेनी गाउँपालिकाद्वारा सञ्चालित आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस