१० श्रावण २०८३, आइतबार | July 26, 2026

एमाले निकट किसान महासंघले भन्यो : वर्षाका कारण डुबानबाट धानबालीमा क्षति पुगेका किसानलाई क्षतिपुर्ति देउ



बुटवल । नेकपा (एमाले) निकट अखिल नेपाल किसान महासंघ रुपन्देहीले अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानले धानबालीमा क्षति पुगेको भन्दै किसानलाई उचित क्षतिपूर्ति दिन सरकारसंग माग गरेको छ । महासंघ रुपन्देहीका अध्यक्ष कृष्ण प्रसाद पन्थीले विज्ञप्ती जारी गर्दै रुपन्देहीका विभिन्न स्थानहरुमा भएको धानबालीको क्षतिको यथार्थ विवरण संकलन गरी कृषि वस्तुहरुको उचित क्षतिपूर्ति प्रदान गर्न सरकारसंग माग गरेका हुन् ।

प्रतिकुल परिस्थितिले रुपन्देही जिल्लाका कृषि क्षेत्रमा समेत ठूलो हानी, नोक्सानी, क्षति हुन पुगेकोमा महासंघ रुपन्देहीको गम्भिर ध्यानाकर्षण भएको विज्ञप्तीमा उल्लेख छ । त्यस्तै वर्तमान सरकारले कृषकहरुबाट उत्पादित धानको समर्थन मूल्य कायम गरे तापनि खरिदकर्ताको व्यवस्था नमिलाएकाले तत्काल प्रत्येक पालिकाका केन्द्रहरुमा कम्तीमा धान तथा कृषि उत्पादन संकलन केन्द्र स्थापना गरी खरिद प्रक्रिया व्यवस्थापन गर्न समेत महासंघले माग गरेको छ ।

‘कृषकहरुले समय र मौसम अनुसार गुणस्तरीय बिउ, मलखाद, आधुनिक कृषि औजार एवं विषादी लगायतका वस्तुहरु समयमा नपाउँदा रुपन्देही जिल्लाको प्रमुख मेरुदण्डको रुपमा रहेको कृषि उत्पादनमा दिनानुदिन ह्रास हँुदै आएको कुरा स्मरण गराउँछौ । स्थानीय तहमा रहेका कृषि शाखामार्फत कृषकहरुलाई उचित समयमा उचित सुविधा मिलाई उत्पादन बढाउने र उत्पादित वस्तुलाई सम्बन्धित सरकारी निकायहरुले व्यवस्था मिलाई दिन सरकारसंग जोडदार माग गर्दछ, ’विज्ञप्तीमा उल्लेख छ । विगत केही दिन यताको अविरल वर्षाका कारण थन्क्याउने बेला भएको धान बाली डुबानमा परेको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०७८, बिहिबार  २ : ५० बजे

जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउनुपर्छ : उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले जलसम्पदालाई

सरकारी वार्ता टोली र डा. गोविन्द केसी पक्षबीच वार्ता

धनगढी । कैलालीको धनगढीमा अनशनरत डा गोविन्द केसी पक्षसँग नेपाल

रोल्पामा पहिरोमा पुरिएर बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ । रोल्पामा पहिरोमा पुरिएर बेपत्ता भएका दुई जनाको शव

भारतीय बिरामीको उपचार गन्तव्य बन्दै भरतपुर आँखा अस्पताल ठोरी

चितवन । नेपालको सीमावर्ती गाउँमा सञ्चालनमा रहेको एउटा आँखा अस्पताल

लुम्बिनी प्रदेश सरकारबाट कांग्रेस बाहिरियो, पाँच मन्त्रीहरूले बुझाए संसदीय दलमा सामूहिक राजीनामा

बुटवल । लुम्बिनी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका पाँच मन्त्रीले