२५ श्रावण २०८३, सोमबार | August 11, 2026

खेतमा डुबेको किसानका धान भित्राईदिन आम नागरिकलाई प्रदेश सरकारको आह्वान



बुटवल । लुम्बिनी प्रदेश सरकारले गत सोमबारबाट परेको वर्षाका कारण प्रदेशमा किसानहरुको पाँच अर्व मुल्य बराबरको कृषि उत्पादनमा क्षति पुगेको ठहर गरेको छ । प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीले आज एक विज्ञप्ति प्रकाशित गर्दै वर्षाका कारण प्रदेशका किसानहरुको पाँच अर्व मुल्य बराबरको बालीमा क्षेति पुगेबाट प्रदेश सरकारलाई अत्यन्त दुःखी बनाएको बताएका छन् । मुख्यमन्त्री केसीले प्रदेशको प्युठानमा खोलाले बगाएर माण्डवी गाँउपालिकाका एकजनाको मृत्यु भएको बर्दियाका १५०० बढी घर डुबानमा परेको घटनाबाट प्रदेश सरकारलाई संवेदनशिल बनाएको विज्ञप्तिमा उल्लेख छ ।

‘लुम्बिनी प्रदेशमा वर्दिया लगायत अन्य जिल्लामा ३६ हजार ४८० हेक्टरमा काटिसकेपछि खेतमा राखिएको धान र ९३ हजार ५७६ हेक्टरमा रहेको खडा रहेको धानबालीसहित १ लाख ६१ हजार २२३ मेट्रिक टन धान नोक्सान हुदाँ करिव ४ अर्व ५१ करोड ४२ लाख रुपैयाँको बाली नस्ट भएको छ । यस्तै पहाडी जिल्लामा मकै वाली पनि नस्त भएको छ ।’ मुख्यमन्त्री केसीले विज्ञप्तिमा लेखेका छन् ।

उनले प्रदेशवासीलाई परेको पीडामा प्रदेश सरकारको समन्वयमा संघीय र स्थानीयतहको सहभागीतामा राहत प्रदान गर्ने घोषणा समेत गरेका छन् । प्राकृतिक महाविपत्तिले सृजित समस्याको सामनाका लागि आन्तरिक मामिला तथा सञ्चार मन्त्री माननीय तिलकराम शर्मालाई प्रभावित क्षेत्र बर्दिया र वाँकेमा राहत र उद्धार सामग्रीसहित पठाई सकिएको जनाउँदै प्रदेश सरकारले यस्ता महावित्तिमा नागरिकको सुरक्षालाई पहिलो प्राथमिकता बनाउँदै छिटो छरिटो रुपमा उद्धार कार्य गरेको दाबी समेत गरेका छन् ।

मुख्यमन्त्री केसीले अबिरल वर्षाका कारणले भएको आकस्मिक घटनालाई छिटो, छरिटो तरिकाले उद्धार गर्ने, सुरक्षा निकाय, स्थानीयतहका सरकार, राजनीतिक दल, नागरिक समाज, सञ्चारकर्मी लगायत सबै सरोकारवाला निकायलाई विज्ञप्ति मार्फत धन्यवाद समेत व्यक्त गरेका छन् ।

मुख्यमन्त्री केसीले प्रदेशका किसानहरुको धानवाली उठाउनका लागि सहयोग गरि दिन सम्पूर्ण जनप्रतिनिधी, राजनीतिक दल, सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी, राजनीतिक दलका भातृ एवं सुभेच्छुक संगठन, सामाजिक संघसँस्था, नागरिक समाज, रेडक्रस सोसाइटी, मावनअधिकारकर्मी, सञ्चारकर्मी, विद्यार्थी लगायत सबै जनसमुदायमा सार्वजनिक अपिल गर्दै यस घटनामा प्रदेश सरकारको तर्फबाट राहत प्याकेज घोषणासहित किसानहरुलाई परेको पीडामा प्रदेश सरकार हातेमालो गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

गत कात्तिक १ गतेदेखि परेको अविरल बर्षाका कारण बर्दियाको राजापुर न. पा. र गेरुवा गाउँपालिका लगायत लुिम्बनी प्रदेशभरी वाढी, पहिरोले जनधनको क्षति भएको छ । निरन्तर ३ दिनसम्मको वर्षाले प्यूठान जिल्ला माण्डवी गा.पा. ४ निवासी २८ वर्षिय देविसरा कार्कीको खोलाले बगाएर दुःखद निधन भएको छ । निरन्तर वर्षाका कारणले कर्णाली नदिबाट आएको वाढीले बर्दिया जिल्लाको राजापुर न.पा.को १०२७ घर परिवार र गेरुवा गा.पा. को २१० घर परिवार गरी जम्मा १ हजार २३७ घर परिवार प्रभावित भएका छन् ।

प्रकाशित मिति : ४ कार्तिक २०७८, बिहिबार  ५ : ५५ बजे

खजुराबाट ४० मोतिविन्दुको शल्यक्रियाको लागी सिफारिस

नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिका ४ डि गाउँमा आँखा शिविर

सरकार र मृतक मेहताको परिवारबीच सात बुँदे सहमति

काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्मा यही साउन १० गते

प्रचण्डले दिए सरकारलाई धन्यवाद

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले

सरकारी कागजात सच्याएको आरोपमा नेपालगन्ज –२० का वडाध्यक्षसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका–२० का वडाध्यक्ष कौशलकुमार धोवीसहित चार जनाविरुद्ध

अर्थमन्त्री र बहुराष्ट्रिय ठूला करदाता कम्पनीबीच छलफल, नेपालमा २०० अर्ब लगानी थपिँदै

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा लगानी गरेका बहुराष्ट्रिय