७ बैशाख २०८१, शुक्रबार | April 20, 2024

प्रधानमन्त्री देउवाले कैलाली र बर्दियाको बाढी पहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्ने



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज कैलाली र बर्दियाका बाढी-पहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्दैछन् ।

बाढी-पहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्न हिजो सुदूरपश्चिम पुगेका प्रधानमन्त्री देउवाले आज कैलाली र बर्दियाका प्रभावितलाई भेट्ने भएका हुन ।

बिहीबार डोटी, बैतडी, बझाङ र डढेल्धुरा हुँदै साँझ कञ्चनपुर पुगेर त्यहाँ भएको क्षतिको अवलोकन गरेका प्रधानमन्त्री देउवाले आज कैलाली र बर्दियाका प्रभावितलाई भेट्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

काठमाडौंबाट कर्णाली प्रदेशको राजधानीसमेत रहेको सुर्खेत पुगेको प्रधानमन्त्री देउवा नेतृत्वको टोलीले आफ्नो गृह प्रदेशमै धेरै समय बिताएका हुन् । उनी त्यही क्षेत्रमा नै बास बसेका थिए । भ्रमण तालिका हेर्दा उनको प्राथमिकतामा कर्णाली प्रदेश परेको देखिएन ।

त्यस क्षेत्रको निरीक्षण सकेर देउवा नेतृत्वको टोली आजै दिउँसो ४ बजे काठमाडौं फर्किने कार्यक्रम छ । टोलीमा प्रधानमन्त्री देउवासँगै अर्थमन्त्री जनार्दन शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले, कांग्रेसका केन्द्रीय सदस्यहरू एनपी साउद, रमेश लेखक र वीरबहादुर बलायर छन् ।

प्रकाशित मिति : ५ कार्तिक २०७८, शुक्रबार  ९ : ५३ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल