१९ माघ २०८२, सोमबार | February 2, 2026

रुपन्देही प्रहरीबाट छ लाख ५० हजार बढी मुल्यको काठ बरामद



बुटवल । रुपन्देही प्रहरीले ठुलो परिमाणमा साल तथा सिसमको काठ बरामद गरेको छ । लुम्बिनी सांस्कृतिक नगरपालिकाको खुनगाई र कञ्चन गाँउपालिकाको कुत्तागाँउबाट साल तथा सिसमको काठ बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ईलाका प्रहरी कार्यालय लुम्बिनीले बिहिबार साँझ लुम्बिनी साँस्कृतिक नगरपालिका १ खुनगाईबाट १५ गोलिया काठ बरामद गरेको हो । काठ ओसार पसार गर्न प्रयोग भएको लु १ त १२६१ नम्बरको ट्याक्टरमा अबैध रुपमा बिना कागगजात सिसौको काठ बरामद गरिएको रुपन्देही प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक सत्यनारायण थापाले बताए । काठ ओसारपसारमा संलग्न ट्याक्टर चालक लुम्बिनी साँस्कृतिक नगरपालिका १० पिलपतियाका २७ वर्षिय जितेन्द्र यादवलाई पनि पक्राउ गरिएको थापाले बताए ।

ट्याक्टरमा लोड गरेर अन्यत्र लगिँदै गरेको अवस्थामा बरामद भएको काठको अनदाजी मुल्य ४ लाख भएको प्रहरीले जनाएको छ ।

त्यसैगरि इलाका प्रहरी कार्यालय रुद्रपुरको टोलिले पनि कञ्चन गाँउपालिका कुत्तागाँउबाट खुल्ला चौरमा राखिएको ३ गोलिया सालको काठ र लु ६१ प ९४९७ नम्बरको मोटरसाईकलमा लोड गरिएको १ थान बरामद भएको रुपन्देही प्रहरीले जनाएको छ । अन्दाजी २ लाख ४५ हजार मुल्य पर्ने ९३८.७२ क्युफट काठ बरामद भएपनि काठको कारोबार गर्ने व्यक्ति भने प्रहरी देख्नासाथ फरार भएको डीएसपी थापाले बताए ।

बरामद भएको काठ बन ऐन अनुसार कारवाहीका लागि डिभिजन बन कार्यालयमा पठाईएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : ५ कार्तिक २०७८, शुक्रबार  २ : ३१ बजे

नेकपाको निर्वाचन परिचालन सचिवालय बैठक सम्पन्न, माघ २२ मा केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को निर्वाचन परिचालन समितिको

नेपालमा निपाह भाइरसको जोखिम न्यून भए पनि सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं । छिमेकी देशमा देखिएको निपाह भाइरसका सङ्क्रमणको जोखिम नेपालमा

जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट

बुटवल । नेकपा एमालेका उपाध्यक्ष गोकर्ण विष्टले निर्वाचन लक्षित कार्यक्रममा

‘क्यासिनो पर्यटनको हब बन्दै भैरहवा बजार’

भैरहवा । रुपन्देहीको सदरमुकाम भैरहवामा पछिल्लो समय क्यासिनो पर्यटनका कारण

साफ महिला च्याम्पियनसिप : बङ्गलादेशसँग भारत पराजित

कास्की । पोखरा अन्तरराष्ट्रिय फुटबल रङ्गशालामा सञ्चालन भइरहेको १९ वर्षमुनिको